महिलालाई ओमनमा बिक्री गर्ने पाल्पाका बिष्णुबहादुर पक्राउ

काठमाडौं । ओमन पुर्‍याई जबरजस्ती वेश्यावृत्तिमा लगाएको अभियोगमा प्रहरील एकजनालाई पक्राउ गरेको छ ।

पाल्पाको तिनाउ गाउँपालिका–५ ठेगाना भई काठमाडौंको तारकेश्वर नगरपालिका–६ बस्ने ४० वर्षीय बिष्णुबहादुर रानालाई शुक्रबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

ओमनमा आकर्षक तलब हुने घरेलु काममा पठाईदिने लगायत विभिन्न प्रलोभन देखाई पीडितलाई २०८० भदौ २६ गते काठमाडौंबाट भिजिट भिषामा ओमनको मस्कट शहरमा पु¥याएर जबरजस्ती वेश्यावृत्तिमा लगाई शारीरिक तथा मानसिक यातना दिएको प्रहरीले जनाएको छ ।

यातना दिइ राखेको अवस्थामा पीडितले आफूलाई नेपाल फिर्ता गरिदिन अनुरोध गर्दा एजेन्टहरूले २ लाख ५० हजार माग गरेकोमा पीडितको आफन्तले उक्त रकम दिई पीडित नेपाल फर्कन सफल भएको समेत प्रारम्भीक अनुसन्धानको क्रममा खुल्न आएको विज्ञप्तिमा उल्लेख छ ।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा वारदात पश्चात फरार रहेका रानालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं बालाजुबाट पक्राउ गरेको छ ।

रानाउपर जिल्ला अदालत काठमाडौंबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य अभियुक्तहरूको समेत प्रहरीले खोजी गरिरहेको छ ।

Published : Tuesday, 2024 March 26, 7:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया