अख्तियारमा बयान दिएर हैरान बनेका अधिकारीले गृहमन्त्री लामिछानेसँग निकट हुन सूत्रहरू परिचालन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिएर हैरान बनेका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले गृहमन्त्री रवि लामिछानेसँग सम्बन्ध बनाउन लागेका छन् ।

महानिर्देशक अधिकारीले गृहमन्त्री लामिछानेसँग कसरी सम्बन्ध राम्रो बनाउने भनेर च्यानल खोजी गरिरहेको स्रोतले जनाएको छ । लामिछानेसँग निकट रहेका मानिसहरूसँग बाक्लै भेटघाटहरू गर्दै आएका अधिकारीले आफ्नो बारेमा गृहमन्त्री लामिछानेसँग राम्रा कुराहरूको बिफ्रिङ गर्न आग्रह गरेको स्रोतको भनाइ छ ।

महानिर्देशक अधिकारीको ध्यान गृहमन्त्री लामिछानेसम्म पुग्न कसरी सकिन्छ भनेर दिनभरि सोँच्ने गरेका छन् । महानिर्देशक चितवन जिल्ला निवासी हुन् । उनले चितवन निवासी भएको नाता लगाएर लामिछानेसँग सम्बन्ध बनाउन खोजेका छन् ।

अधिकारीले आफू चितवन जिल्लामा प्रभावसाली व्यक्ति रहेको तथा गंगा दाहाल र रेणु दाहालसँग राम्रो सम्बन्ध रहेको भनेर गृहमन्त्री लामिछाने निकटका मानिसहरूलाई भन्न लगाएको चर्चा प्राधिकरणभित्र छ ।

महानिर्देशक अधिकारीले रेणु दाहाल र गंगा दाहाललाई आफूले धेरै नै मद्दत गरेको बताउने गरेका छन् । अधिकारीले चितवनमा जे पनि मद्दत गर्न सक्छ भन्ने भ्रममा पार्न लामिछानेलाई प्रयास गरिरहेका छन् ।

एकपल्ट गृहमन्त्री लामिछानेसम्म पुगेमा लामिछानेको तेस्रो नेत्र खोल्न आफूले सक्ने महानिर्देशक अधिकारीले आफू निकटका साथीहरूसँग भन्ने गरेका छन् ।

कीर्ते गरेर नागरिकता र राहदानी दुरुपयोग गरेको अभियोगमा परेका लामिछाने पछिल्लो पटक सहकारीको करोडौं रकम अपचलन गरेको प्रकरणमा मुछिएका छन् ।

उता, महानिर्देशक अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा घोटाला, भ्रष्टाचार, अनियमितता भएको प्रकरणमा नियमित बयान दिइरहेका छन् ।

लामिछानेसँग नजिक भएर आफ्नो उद्धार हुन्छ कि भनेर महानिर्देशक अधिकारीले लामिछानेको साथ खोज्न सम्पर्क सूत्रहरूको खोजी गर्न शुरु गरेका छन् ।

Published : Tuesday, 2024 March 26, 10:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया