दाङको ग्वारखोलामा ट्याक्टरको ठक्करबाट सुबिनाको मृत्यु

घोराही । ट्याक्टरको ठक्करबाट दाङ जिल्लामा ३ वर्षीया सुबिना बानुको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–१२ ग्वारखोलास्थित सडकमा रा.१ त १५५९ नम्बरको ट्याक्टरको ठक्करबाट बाँके नेपालगञ्ज उपमहानगरपालिका–६ बस्ने अबदुल जबरारको छोरी सुबिना बानुको आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरी भनाइ छ ।

प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

यता, इलामको सूर्योदय नगरपालिका–१२ मलिमस्थित सडकमा मे.१ ह ४६८९ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब १ सय ५० मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा आटोमा सवार सोही ठाउँ बस्ने ५६ वर्षीया मनकुमारी प्रधानको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको बिर्तासिटी अस्पताल झापामा उपचारको क्रममा मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Published : Monday, 2024 March 25, 5:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया