यौन प्रकरणमा मुछिएर हटाइएका व्यक्तिलाई ओलीद्वारा एमालेको केन्द्रीय सदस्यमा मनोनयन

काठमाडौं । महिलासँगको यौन प्रकरणमा मुछिएका ऐन महरलाई एमालेका अध्यक्ष केपी ओलीले केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।

आइतबार ललितपुरमा बसेको सचिवालय बैठकबाट ओलीले महरलाई केन्द्रीय सदस्य बनाएका हुन् ।

यौन काण्डमा मुछिएका महरलाई एमालेले फागुन ३ गते केन्द्रीय सदस्यबाट बर्खास्त गरेको थियो । महर र एक महिलाबीच भएको यौन सम्वादको अडियो लिएक भएपछि महर विवादमा परेका थिए ।

एमालेका अर्का केन्द्रीय सदस्य महेश बस्नेत पनि धादिङ जिल्ला ठेगाना भएकी शोभा पाठकसँग यौन प्रकरणमा मुछिएका छन् । बस्नेतका बारेमा एमालेले कुनै निर्णय लिएको छैन ।

Published : Sunday, 2024 March 24, 7:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया