काठमाडौं, पोखरा र ललितपुरमा ठूलो रकमसहित जुवातास खेल्नेहरू पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले विभिन्न स्थानबाट ३५ जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको नागार्जुन नगरपालिका–१ रानीवनस्थित चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा १३ जनालाई प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

रानीवन बस्ने गोरखाको ताकुकोट–४ घर भएका ३५ वर्षीय सुजन थापा समेत १३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार ८ सय २५ रूपियाँ र १ बुक ताससहित पक्राउ गरेको छ ।

नागार्जुन नगरपालिका–१ रानीवन सनराइज हाइटस्थित रीता भट्टको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने धादिङको चरौदी घर भएका ३५ वर्षीय रामजी उप्रेती समेत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३२ हजार ५ सय रूपियाँ र ४ बुक ताससहित पक्राउ गरेको छ ।

उता, पोखरा महानगरपालिका–१९ लामाचौरस्थित निर्मला पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–१९ गैरीखोर बस्ने ३२ वर्षीया रिया गर्बुजा समेत ६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६५ हजार ६ सय ३० रूपियाँ र ४ बुक ताससहित पक्राउ गरेको छ ।

यता, ललितपुर महानगरपालिका–१८ नख्खूस्थित रूम्बा खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–४ नख्खु बस्ने धादिङको निलकण्ठ नगरपालिका–४ घर भएका ४४ वर्षीय राजेन्द्रबहादुर आले मगर समेत १० जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ६ हजार ७ सय २५ रूपियाँ र २ बुक ताससहित पक्राउ गरेको छ ।

Published : Sunday, 2024 March 24, 6:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया