राम्रो काम गर्दै आएका सीआइबीबाट चार ईन्स्पेक्टरहरूलाई हटाइयो

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)मा कार्यरत ४ जना प्रहरी निरीक्षक (ईन्स्पेक्टर)लाई हटाइएको छ ।

सीआइबीमा कार्यरत ईन्स्पेक्टर रञ्जित लामालाई प्रहरी प्रधान कार्यालयमा सरुवा तानिएको स्रोतले जनाएको छ । ईन्स्पेक्टर वकिल सिंहलाई नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालमा तानिएको छ ।

ईन्स्पेक्टर कृष्ण श्रेष्ठलाई पहरा गणमा तानिएको छ । ईन्स्पेक्टर सुरेश खत्रीलाई प्रहरी हेडक्वार्टर नक्सालमा तानिएको छ ।

सीआइबीकी तत्कालीन निर्देशक (एआइजी) किरण बज्राचार्य निकटको आरोप लगाउँदै एआइजी श्यामलाल ज्ञवालीले चार जना ईन्स्पेक्टरहरूलाई हटाउन लगाएको स्रोतको आरोप छ ।

Published : Sunday, 2024 March 24, 11:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया