कांग्रेससँग निकै डराए गृहमन्त्री लामिछाने, दिए निकै निरासाजनक अराजनीतिक अभिव्यक्ति
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/03/Rabi-Lamichhane-3.jpg?resize=810%2C458)
काठमाडौं । गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसमाथि निकै आक्रोश पोखेका छन् ।
शनिबार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गरेको कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै सभापति समेत रहेका लामिछानेले सहकारी ठगी प्रकरणमा कांग्रेसले संसदीय छानविन समिति बनाउन माग गरेकोमा असन्तुष्टि जनाएका हुन् ।
उनले भने, ‘प्रतिपक्षले संसद अबरुद्ध गरेको छ । अनेक बहानाहरू बनाएको छ । प्रधानमन्त्रीको जवाफ मागेको थियो । प्रधानमन्त्रीको जवाफ आयो । अब हुँदैन प्रधानमन्त्रीको जवाफ, संसदीय समिति चाहिन्छ भनेको सुनिरहेको छु मैले ।’
‘गृहमन्त्रीको राजीनामा पनि मागिरहेको सुनिरहेको छु मैले’, उनले भने, ‘काम गर्न नसकेका बेला तपाईहरूले संसद या सडकमा उभिएर राजीनामा माग्न पर्दैन ।’
लामिछानेले भने, ‘रास्वपाका मान्छेहरू खल्ती र आफ्नो ब्यागमा राजीनामा बोकेर हिँडेका छन् ।’
उनले भने, ‘कसैले एउटा चिर्कटमा हालेको उजुरी प्रहरी कार्यालयको ड्रयरमा बसेको उजुरीमा राजीनामा दिने चिज माग्ने नेपाली कांग्रेस जो अस्तिसम्म झण्डा हल्लाएर अख्तियारमा बयान दिने मन्त्री बोकेर हिँडेको थियो, अस्ति रोष्टम घेर्न जाँदा त यसरी हल्लिदै गरेको तिनै मन्त्री पो देख्छु म त ? राजीनामा दे, राजीनामा दे को रहेछ भनेको त ? अख्तियारमा झण्डा हल्लाउँदै बयान दिन जाने मान्छे पो या भुँडी हल्लाइ हल्लाइ रोष्टममा अगाडि बढ्दै रहेछ ।’
‘आफू सरकारमा बस्दासम्म त्यो नैतिकता नचाहिने ? निकाल्नु भएन । प्रधानमन्त्रीले गलत हत्याउनु भयो अनि नैतिकता उहाँले मसँग खोजी रहनुभएको छ’, लामिछानेले भने ।
‘के अफ्ठ्यारो छभने नेपाली कांग्रेसका साथीहरूलाई । बुझेको केही पनि छैन । तर, सबै बुझेको जस्तो पनि गर्नुप¥या छ । त्यो समस्यामा उहाँहरू हुनुहुन्छ’, उनले भने ।
‘म एउटा स्पष्ट कुरा राख्न चाहन्छु । मेरा विषयमा आफ्नो पार्टीको बैठकमा पटक पटक साथीहरूलाई सोध्नु होला है, बुझ्नु होला भनेर त्यो लोकतान्त्रिक आन्तरिक लोकतन्त्रलाई स्पष्ट पारेर बैठक चलाएका छौँ हामीले । एक पटक होइन पटक पटक’, उनले भने ।
‘मेरो जवाफ संसदमा सुन्ने धैर्य पनि प्रमुख प्रतिपक्ष दलले राखेन । मैले जवाफ दिन पाएको भए त्यो कुरालाई अझै राम्रोसँग स्पष्ट पार्थे’, लामिछानेले भने ।
‘यति ठूलो इतिहाँस बोकेको दल एउटा पूरक उजुरी, एउटा ठाडो उजुरीमा सधै बन्द गर्नुपर्छ किन भनिरहेको छ ? भन्ने कुरा म स्पष्ट पार्न सक्थेँ । गर्न पाउँथे । तर, किन हो किन उसले सुन्न चाहेको छैन’, उनले भने ।
‘कि उसले निरन्तर भनिरहेको छ, कि समिति बनाउ, कि राजीनामा देउ भनेर उहाँहरूले भनिरहनुभएको छ’, लामिछानेले भने ।
‘म एउटा कुरा चुनौतीका साथ भन्न चाहन्छु । प्रभावशाली नेताहरूलाई जो चाहिँ यो मुद्दालाई लिएर, त्यो ठाडो उजुरीलाई लिएर सदन अबरुद्ध गर्न खोज्नुभएको छ । तपाई कहाँ ? कहिले ? कुन मितिमा ? कुन स्थानमा ? मलाई बोलाउनु हुन्छ ? सदनमा त मलाई बोल्न दिनुभएको छैन’, उनले भने ।
‘समितिमा पनि कुरा उठाउनु भएको छैन । मैले आफ्ना कुरा राख्न पाएको छैन । ठीकै छ । जनताको माझमा राखौँ । तपाईसँग खुल्ला बहस गर्न चाहन्छु’, उनले भने ।
लामिछानेले भने, ‘मलाई तपाईले भनेको ठाउँमा, तपाईले भनेको मितिमा बोलाउनु होस् र प्रमाणित गरिदिनु होस् । तपाई यो देशमा भएभरका लएरहरू, तपाईका पार्टीका भएभरका सम्पूर्ण प्रभावशाली नेताहरू बोकेर आउनु होला ।’
उनले भने, ‘भएभरका सम्पूर्ण प्रमाणहरू ल्याएर आउनु होला । म एक्लै आउँछु । सदनमा तपाईले कनिकनि, लेखीलेखी बोल्न लगाइएका प्रश्नहरू मैले सुनिरहेको छु ।’
‘मैले जवाफ दिन पाएको छैन । सदनमा जवाफ दिन पाउँ भनेको छु । तपाईलाई थाहा छ ९ मिनट १८ सेकेण्डमा तपाईका सबै प्रश्नहरू निस्तेज हुनेछन्’, उनले भने ।
‘तपाई मलाई किन बोल्न दिनु हुन्थ्यो र ? ठीक छ । तपाई पनि जनताको मान्छे । म पनि जनताको मान्छे’, उनले भने, ‘तपाईलाई निर्वाचित गर्ने तपाईकै निर्वाचन क्षेत्रका मान्छेका अगाडि उभिएर म तपाईसँग बहस गर्न चाहन्छु । तपाई आफ्ना भएरभरका विज्ञसहित आउनु होला ।’
उनले भने, ‘भएभरका प्रमाण बोकेर आउनु होला । म एक्लै आउँछु । आम जनताले हेरुन् । र, त्यो इभेन्ट लाईभ गर्नु होला । सम्पूर्ण देशले हेरोस् । दुधको दुध पानीको पानी छुट्टियोस् ।’
उनले भने, ‘नेपाली कांग्रेस जस्तो इतिहाँस बोकेको पार्टी कुन चिर्कटमा उभिएको छभनने कुरा नेपाली जनताले राम्रोसँग हेरुन् । म त्यो अवसरको अपेक्षा गर्दछु ।’
‘संसदीय समितिमा बोलाए हुन्छ । अनुसन्धान गर्ने अधिकारीहरू त्यहिँ हुनुहुन्छ । हेरोस् कांग्रेसले । जुन सहकारीको मुद्दामा अदालतमा मुद्दा गएको छ’, उनले भने, ‘त्यो मुद्दामा रवि लामिछाने भन्ने मान्छे प्रतिवादी हो कि होइन ? कांग्रेसले हेरोस् । अनि मात्रै कुरा गरोस् ।’
‘जुन मुद्दामा अहिले बहस चलेको छ जहाँ मैले ऋण लियो भनिएको छ त्यो ऋण लिएको हो कि होइन रहेछ ? त्यो कुरा सबै प्रमाण बोकेर आओस् । म बहस गर्न तयार छु । मलाई प्रमाणित गरिदिए हुन्छ ।’
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sherbahadur-Deuba-1-1.jpg?resize=200%2C200)
सभापति देउवाले विश्वासको मत दिँदा दिएको अभिव्यक्ति
शेरबहादुर देउवा, सभापति एवं नेता संसदीय दल, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sudarshan-Thapaliya.jpg?resize=200%2C200)
फेसबुकबाट तपाईको प्रतिक्रिया