एआइजी ज्ञवालीको नागरिकतामा कैफियत, जागिर खाँदा उमेर पुगेको थिएन : अधिवक्ता नेपाल

काठमाडौं । सर्वोच्च अदालतमा बहस गर्दै आएका अधिवक्ता स्वागत नेपालले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)का प्रमुख (एआइजी) श्यामलाल ज्ञवालीको नागरिकतामा कैफियत रहेको दाबी गरेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लव नेपालले काठमाडौंमा गरेको साक्षत्कारमा नेपालले भने, ‘सीआइबीको प्रमुखकै जागिर खाँदाखेरी जागिर खाने उमेर पुगेको थिएन । प्रमाणित नै छ, मिडियामा आएको छ ।’

देशको नेतृत्व गर्छु र अपराध नियन्त्रण गर्छु भन्ने दुवै निकायका पदाधिकारीहरूसँग कानूनले तोकेको अयोग्ताहरू पूर्ण रुपमा रहेको अधिवक्ता नेपालले बताएका छन् ।

उनले नेताहरूको अकर्मन्यताका कारण विदेश जाँदासमेत नेपाली राहदानी बोकेकाहरूलाई अर्को व्यवहार गर्ने गरिएको बताए ।

जनतामा चेतनाको तह कमजोर भएको फाइदा नेताहरूले उठाइरहेको उनको भनाइ छ ।

अहिले नेपालमा शिक्षा र कृषिमन्त्री बन्नलाई गौरवको विषय नभएर लाजको विषयका रुपमा हेरिने गरिएको उनले बताएका छन् ।

गुण्डा परिचालन र अपराध ढाकछोप गर्ने मन्त्रालयको नेतृत्व पाउँदा गौरवको विषय मान्ने परिपाटी रहेको उनले बताए ।

अधिवक्ता नेपालले नेताको पेसा नै भ्रष्टाचार गरेर खाने हो भन्ने अदालतले समेत ललिता निवास जग्गा प्रकरणमा प्रमाणित गरिदिएको बताएका छन् ।

राजनीतिक नेतृत्वले गरेको निर्णय कार्यान्वयन गरेका कार्मचारीलाई अदालतले खोजीखोजी जेल पठाएको उनले बताएका छन् ।

अधिवक्ता नेपालले गृहमन्त्री लामिछानेलाई विदेशीहरूले खोजीरहेको एजेण्टका रुपमा चित्रण गरेका छन् ।

लामिछानेले पहिलो एजेण्डा नै व्यवस्था यही टिकाउने हो भनेर उद्घोष गरेको उनले बताएका छन् ।

अधिवक्ता नेपालले प्रचण्डले हतियार उठाएर युद्धमा होमिदाका समस्याहरू अहिले पनि जस्ताकोतस्तै रहेको बताएका छन् ।

वर्तमान व्यवस्थाले देशलाई पछाडि धकेल्दै अगाडि बढिरह्यो भने फेरि पनि हतियार उठ्ने उनको चेतावनी छ ।

Published : Friday, 2024 March 22, 8:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया