प्रहरीका सई भण्डारीलाई ६ महिना कैद सजाय

काठमाडौं । विशेष अदालतले नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई)राजनसिंह भण्डारीलाई दोषी ठहर गरेको छ ।
शुक्रबार विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य तेजनारायणसिंह राईको संयुक्त इजलासले भण्डारीलाई नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको भन्दै दोषी ठहर भएको हो । भण्डारीको शैक्षिक योग्यताको प्रमाणपत्रका विषयमा फैसला गर्दै कैद तथा जरिवाना हुने फैसला भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भण्डारीविरुद्ध अदालतमा आरोप पत्र दायर गरेको थियो । भण्डारीले असईबाट सईमा बढुवा हुने क्रममा नक्कली शैक्षिक प्रमाण पत्र पेस गरेका थिए ।
भण्डारीले बढुवा प्रयोजनका लागि नक्कली प्रमाणपत्र पेस गरेको आयोगको अनुसन्धानका क्रममा भेटिएको थियो । भण्डारीमाथि अख्तियारले छानबिन गरेर ५ जेठ २०७७ मा मुद्दा दायर गरेको थियो ।
भण्डारीले भारतको उत्तर प्रदेशस्थित माध्यमिक शिक्षा परिषदबाट शैक्षिक योग्यताको झुठा प्रमाणपत्र लिएको पुष्टि भएको छ । अदालतले भण्डारीलाई ६ महिना कैद र १० हजार रुपियाँ जरिवाना हुने फैसला सुनाएको छ ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया