कम्युनिस्ट गठबन्धनको सरकारद्वारा राष्ट्रिय भूमि आयोग विघटन

काठमाडौं । कम्युनिस्ट गठबन्धनको सरकारले राष्ट्रिय भूमि आयोग विघटन गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिदको बैठकले आयोगलाई खारेज गर्ने निर्णय गरेको हो । आयोगको अध्यक्षमा केशव निरौला रहेका थिए । आयोगका अध्यक्ष निरौला नेपाली कांग्रेस निकटका हुन् ।

उपाध्यक्षमा नहेन्द्र खड्का, विज्ञसदस्यहरूमा राघो राय यादव, टेकबहादुर शाह, वासुदेव हुमागाईं, दाताराम खनाल रहेका थिए ।

सदस्यहरूमा गोबर्द्धन कोली, सरिता महर्जन, भरबराज रेग्मी र सदस्य सचिवमा सुशील डङ्गोल रहेका थिए ।

सरकारको आयोग खारेज गर्ने निर्णयसँगै सबै जिल्लामा गठन भएको मनोनयनहरू खारेज भएका छन् ।

Published : Friday, 2024 March 22, 5:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया