पाल्पा र रुकुम पूर्वमा बन्दुकसहित दुई जना पक्राउ

काठमाडौं । पाल्पा र रूकुम पूर्व जिल्लामा हतियारसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

रुकुम पूर्व जिल्लाको भूमे गाउँपालिका–९ गोठीवाङ बस्ने ३९ वर्षीय नवीन मल्ल भन्ने विश्वविक्रम मल्ललाई पेस्तोल १ थान र सोही पेस्तोलको खाली म्याग्जिन १ थानसहित बिहीबार दिउँसो पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

इलाका प्रहरी कार्यालय चुनवाङबाट खटिएको प्रहरीले मल्लको घरमा तलासी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको जनाएको छ ।

यता, पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ ठूलीपोखरीस्थित जंगलबाट भरुवा बन्दुक १ थानसहित सोही नगरपालिका–४ दागिल बस्ने ४६ वर्षीय बद्री भन्ने लीलाबहादुर खत्रीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मुझूङबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको छ ।

Published : Friday, 2024 March 22, 5:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया