सीआइबीले सभामुखलाई विनोद चौधरीमाथि अनुसन्धान भइरहेको जानकारी गरायो, जतिबेला पनि पक्राउ गर्ने

काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा नेपाली कांग्रेसका सांसद समेत रहेका व्यवसायी विनोद चौधरीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) अनुसन्धान गरिरहेका जानकारी संसद सचिवालयलाई गराएको छ ।
बुधबार व्यूराले सभामुख देवराज घिमिरेलाई पत्र पठाएर सांसद चौधरीमाथि अनुसन्धान भइरहेको जानकारी गराएको उच्च स्रोतले जनाएको छ । सीआइबीको पत्र आएपछि सांसद चौधरी कुनै पनि बेला पक्राउ पर्न सक्नेछन् ।

महाराजगञ्जको बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम रहेको का.जि.का.म.पा. ३ स्थित दस रोपनी जग्गाका विषयमा अनुसन्धान भइरहेको सीआईबीले संसद सचिवालयमा पठाएको पत्रमा उल्लेख छ ।

गृहमन्त्री रवि लामिछानेको निर्देशनमा सीआईबीका प्रमुख (एआईजी) श्यामलाल ज्ञवालीले बाँसबारीको जग्गा प्रकरणमा सांसद चौधरीलाई अनुसन्धान गर्न लागिएको छ ।

प्रहरीले कुनै पनि सांसदलाई अनुसन्धान वा पक्राउ गर्दा सभामुखलाई पूर्वजानकारी गराउनुपर्छ । संविधानको धारा १०३ (६) मा ‘सङ्घीय संसद्को कुनै पनि सदस्यलाई अधिवेशन बोलाइएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ गरिने छैन । तर कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई सङ्घीय कानुन बमोजिम पक्राउ गर्न यस उपधाराले बाधा पुर्‍याएको मानिने छैन । त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनु पर्नेछ’, भनिएको छ ।

Published : Wednesday, 2024 March 20, 7:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया