सीआईबी प्रमुख एआईजी ज्ञवालीबारे छानविन गर्न संसदमा माग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/03/Rupa-Shya.jpg?resize=810%2C510)
काठमाडौं । नेपाली कांग्रेसकी सांसद रुपा बिकले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को प्रमुखमा विवादित एआईजी श्यामलाल ज्ञवालीलाई जिम्मेवारी दिएको भन्दै आपत्ति जनाएकी छिन् ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद बिकले एआईजी ज्ञवाली घुस लेनदेनमा मुछिएको बताइन् । उनले एआईजी ज्ञवालीका विषयमा छानविनको माग गरेकी छिन् ।
सांसद बिकले भनिन्, ‘के अब नेपाल सरकारको उपल्लो तहमा र सरकारको उपल्लो पदमा जान, जाने योग्यता परिवर्तन भएको हो ?’
‘कुनै मुद्दा वा आरोप नलाइकन सरकारी निकायको नेतृत्वमा जान नपाइने नीति बनेको हो ?’, उनले प्रश्न गर्दै भनिन्, ‘यदि हाइन भने सरकारी निकायहरूमा विवादित र आरोपितहरूलाई किन जिममेवारी दिइँदैछ ?’
सांसद बिकले भनिन्, ‘हालै सीआईबीका जिम्मेवारी पाएका श्याम ज्ञवालीलाई पनि घुस लेनदेनको आरोप र प्रहरी सेवा प्रवेशमा जन्ममिति विवादित बनेको छ ।’
‘आरोप र विवाद देखिएपछि छानविन गर्ने हो कि ? छानविन गर्ने निकायकै प्रमुख बनाउने हो ? म प्रधानमन्त्रीज्यूबाट जवाफ चाहन्छु’, सांसद बिकले भनिन् ।
‘सीआईबीका प्रमुखउपर आरोप र विवादको निष्पक्ष छानविन हुन्छ कि हुँदैन ? जवाफ चाहिन्छ’, कांग्रेस सांसद बिकले भनेकी छिन् ।
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sherbahadur-Deuba-1-1.jpg?resize=200%2C200)
सभापति देउवाले विश्वासको मत दिँदा दिएको अभिव्यक्ति
शेरबहादुर देउवा, सभापति एवं नेता संसदीय दल, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sudarshan-Thapaliya.jpg?resize=200%2C200)
फेसबुकबाट तपाईको प्रतिक्रिया