सभामुख घिमिरेसहित दश जनाको टोली स्विजरल्याण्ड घुम्न जाने, रास्वपा पनि सहभागी
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/03/Devraj-Ghimire.jpg?resize=810%2C487)
काठमाडौं । सभामुख देवराज घिमिरे जम्बो टोली लिएर स्विट्जरल्याण्ड भ्रमणमा जान लागेका छन् ।
अन्तरव्यवस्थापिका संघ (आइपियू)को १४८औँ सम्मेलन १०–१४ चैतमा स्विट्जरल्यान्डको जेनेभामा हुँदै छ । सम्मेलनमा सहभागी हुन सभामुख घिमिरेको नेतृत्वमा १० सदस्यीय टोली त्यता जान लागेको हो ।
संसद् सचिवालयका अनुसार नेपाली प्रतिनिधिमण्डल चैत ८ गते जेनेभा प्रस्थान गर्ने तयारीमा छ । टोली चैत १६ गते स्वदेश फर्किनेछ ।
विदेश जाने सभामुख घिमिरे, संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेय, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेका प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, राष्ट्रिय सभाका सदस्य गंगा बेल्वासे, संसद् सचिवालयका प्रवक्ता एकराम गिरी, अन्तर्राष्ट्रिय सम्बन्ध शाखाका उपसचिव र सभामुखको स्वकीय सचिव तेजप्रकाश भट्टराई छन् ।
संसदमा विभिन्न विधेयकहरू छन् । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई सहकारीको अर्बौं रकम ठगी प्रकरणमा मुछिएपछि छानविनको माग गरेको छ । यस्तो अवस्थामा एमालेका सभामुख घिमिरे संसद बन्द गरेर विदेश भ्रमणमा जान लागेका छन् ।
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sherbahadur-Deuba-1-1.jpg?resize=200%2C200)
सभापति देउवाले विश्वासको मत दिँदा दिएको अभिव्यक्ति
शेरबहादुर देउवा, सभापति एवं नेता संसदीय दल, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sudarshan-Thapaliya.jpg?resize=200%2C200)
फेसबुकबाट तपाईको प्रतिक्रिया