प्रचण्डले बाबुरामको पार्टी फुटाए, गोरखामा जिताएको लिए बदला, जहाँ हात हाल्छन् त्यहाँ भाँडभैलो

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले ‘प्रचण्ड’ पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)लाई फुटाइदिएका छन् ।

दाहालको उक्साहटमा नेसपाको महिन्द्र राय यादव समूहले माओवादी केन्द्रसँग एकता गर्ने सहमतिसँग माओवादीमा पार्टी विलय गराएको छ । यादव र माओवादीका नेता देव गुरुङले शनिबार संयुक्त विज्ञप्ति जारी गरेर पार्टी एकीकरण गरेको घोषणा गरेका छन् ।

भट्टराई समूहले आइतबार कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठकमा पार्टी विभाजनका विषयमा छलफल गर्नेछ ।

माओवादीका अध्यक्ष दाहाललाई चितवनमा निर्वाचनमा प्रतिस्पर्धा गर्न कठिनाइ भएपछि भट्टराईले गोरखामा आफ्नो क्षेत्र छाडेर जिताएर काठमाडौं ल्याएका थिए । अहिले आएर दाहालले भट्टराईको पार्टी फुटाएर झट्का दिएका छन् । दाहालले जहाँ हात हाल्छन् त्यहाँ नोक्सानी नै गर्छन् भन्ने सन्देश दिएका छन् ।

नेसपाको १६८ सदस्यीय केन्द्रीय कमिटीमा ९० जना आफूहरूको पक्षमा रहेको यादव समूहको दाबी छ । भट्टराई समूहले केन्द्रीय कमिटीका १० प्रतिशत सदस्य मात्रै यादवको पक्षमा रहेको दाबी गरेको छ ।

Published : Saturday, 2024 March 16, 8:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया