सीआईबी लगिएका एआईजीले आईजीपी बन्न व्यापारीसँग १ करोड मागेको आरोप, बदनाम भयो गृह प्रशासन

काठमाडौं । सुन प्रकरणमा फरार सूचीमा रहेका व्यवसायी जीवन चलाउनेले आफूलाई नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवालीले फसाएको आरोप लगाएका छन् ।

शुक्रबार विभिन्न सञ्चारमाध्यममा दिएको अन्तर्वार्तामा चलाउनेले एआईजी ज्ञवालीले आफूसँग एक करोड माग गरेको बताए । आईजीपी बन्ने क्रममा ज्ञवालीले एक करोड माग गरेको बताएका चलाउनेले आरोप लगाएका छन् ।

उनले भने, ‘त्यहाँ मलाई एसपी सञ्जय थापा एसपीको अगाडि, सीसी क्यामेराको अगाडि मैले बयान दिएर स्टेटमेन्टमा ल्याप्चे लगाएर म निस्केको हो । मलाई कुनै त्यो तारेखमा छाडेको पनि होइन, केही पनि होइन ।’

‘मैले दावालाई नै अघि राखेर तिम्रो मेरो कुनै त्यस्तो कारोबार छ भने ल भन्नुस् भन्दा उसले ल छैन भनेको छ’, चलाउनेले भने, ‘पुलिसमा र अदालतमा समेत यो मान्छे छैन भनेर बयान दिएको छ ।’

‘सीआईबीमा म ५/७ घण्टा बसेँ । मैले बयान दिएँ । स्टेटमेन्ट दिएँ । सञ्जय थापाले सिग्नेचर पनि गर्नुभयो’, उनले भने, ‘यो कसको गेम भने म बयान दिएर निस्केपछि ३ दिनपछि एक जना डीएसपी दुर्गा दाहाल भन्ने आउनुभएको थियो । उहाँले मलाई बाजेको सेकुवामा भेट्नुभयो । ५०–६० हजार बिल पनि तिरें । उहाँले ६० लाख अफर गर्नुभयो । पैसा दिनु पर्‍यो । सञ्जय थापाको घर बन्दैछ भन्नुभयो, उहाँको एसपीको । अनि मैले भनेँ, मसँग त पैसा छैन । मैले कहाँबाट पैसा दिने । अनि ३० लाख त दिनुस् भन्नुभयो । मैले ३० पनि दिइनँ ।’

उनले भने, ‘पैसा नदिदाखेरी उहाँहरूले के गर्नुभयो भनेदेखि त्यो कुरा चाहिँ जीवनलाई छोडियो भनेर म्यासेज चाहिं एआईजी श्यामलाल ज्ञवालीलाई दिइयो ।’

‘श्याम ज्ञवालीले चाहिं पहिल्यैदेखि मलाई फसाउन खोजिराख्नु भएको थियो । श्याम ज्ञवाली आईजी बन्नको लागि मसँग १ करोड पैसा माग्नुभएको थियो । तपाईलाई आज म खोल्दैछु, एक करोड पैसा माग्नुभएको थियो । श्याम ज्ञवालीले मलाई पहिला पनि फसाउन खोज्नु भएको थियो ।’

‘श्याम ज्ञवाली हेडक्वाटर भएको मान्छेलाई उहाँ सीआईबी जीवन चलाउनेलाई किन छाडेको भनेर फोन गर्नुभएको थियो । यसरी फसाउन खोजिएको थियो । पछि उहाँले हालका गृहमन्त्री रविलगायत उहाँको टिमलाई उचालेर जीवन चलाउनेलाई छाडियो भनेर चाहिँ भनेका थिए ।’

‘त्यसपछि रवि लामिछानेले त्यतिबेलाका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भनेर मेरो नाम जबरजस्ती जोडिर प्रतिवादी बनाइयो’, उनले भने ।

‘त्यही श्याम ज्ञवालीले मेरो साथी जीवन बोलाएर भन्नुभयो, जीवन तिमी भाग तिमीलाई समाउँदैछ । तिमीलाई नराम्रोसँग हाल्छ, सरकारले फसाउँदैछ भनेर भन्नुभयो । ड्रग्स हाल्न सक्छन् जीवनलाई भगाईदेउ भने । यता श्याम ज्ञवालीले मेरो साथी रोशिदलाई हेडक्वाटरमा बोलाएर भगाउ भन्नुभयो । यता मलाई भाग भन्नुभयो ।’

‘अनि उता सीआईबीमा फोन गरेर किन छाडेको भन्नुभयो ? उहाँले यो किन गर्नुभयो भने मेरो व्यापारिक प्रतिस्पर्धा एक जना उहाँको पार्टनर निराजनसँग छ, अहिले मैले उहाँको नाम लिइनँ । हो, उसको मार्केट मैले खाएको भएर मलाई डाउन गरेपछि उसको पार्टनरको राम्रो हुने भयो । एउटा यो कारण’, चलाउनेले भने ।

‘अर्को कारण उहाँलाई सीआईबीमा आउनुछ । एआईजी किरण म्यामलाई बद्नाम गरेर उहाँलाई सीआईबीमा आउनुछ । एउटा उद्देश्य यो पनि छ । आईजीपी बन्नुछ उहाँलाई । अब सबै कुरामा मलाई फसाउने चाहिँ श्याम ज्ञवाली हुनुहुन्छ’, उनले भने ।

‘६० लाख माग्ने पाटीले म व्यापारी भएकाले उहाँहरूले पहिल्यैदेखि मलाई टार्गेट गरेको थियो । त्यही अनुसार पैसा मागेको थियो । अब व्यापारीले कति जानालाई पैसा दिने ? पुलिसलाई दिने कि पत्रकारलाई दिने कलाई दिने ? आफूले केही गल्ती गरेको छैन । बैंकको पैसा तिर्न नसकेर बैंकले लिलामी गर्न लागिसक्यो कुरा गरेकै भरमा त्यो व्यापारिक कुरा गरेकी भरमा त्यो दावासँग कुरा गरेकै भरमा मलाई फसाइँदैछ । फसाइयो । आज मलाई माफिया बनाइएको छ । सुनमा १ लाख हाल्न नसक्ने हैसियतको मान्छे म’, उनले भने ।

‘रुगम कुँवरलाई मेरो बारेमा केही थाहा छैन । उहाँ यो अनुसन्धान गर्ने सेक्सनमा पनि हुनुहुन्न । उहाँसँग गाउँको चिनजानको नाता मात्रै हो । उहाँलाई फसाउने रणनीति श्याम ज्ञवालीले पहिल्यैदेखि गर्नुभएको हो’, उनले भने ।

‘पहिलाको गृहमन्त्रीसँग पनि उहाँको केही समस्या थियो होला अब अहिलेको गृहमन्त्रीलाई त सहकुल थापाकै आदेशमा समातेर चितवन पठाउनु भएको थियो क्यारे । अब त्यो रिस अब उहाँलाई फेर्दैछन्’, चलाउनेले भने ।

‘यो सबै ग्राण्डडिजाइन श्याम ज्ञवालीले बनाउनुभयो । अहिलेको गृहमन्त्रीज्यूलाई उहाँले प्रयोग गरिराख्नुभाको छ’, चलाउनेले भने, ‘अब हेर्नुस् यो सबै खेल उहाँ सीआईबीमा आउनलाई गर्नुको म त बलीको मात्रै भको ।’

चलाउनेले एआईजी ज्ञवालीलाई एक करोड रकम माग गरेको लगायतका अभियोग लगाएपछि गृहमन्त्री लामिछानेले पुन: उनै ज्ञवालीलाई सीआईबीमा सरुवा गरेर लगेको भनेर आलोचना भएको छ । विवादमा नपरेका एआईजीहरू हुँदा हुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री लामिछानेले ज्ञवालीलाई सीआईबीमा लगेका छन् ।

सहकारीको रकम ठगी गरेको काण्डमा छानविनको दायरमा परेका लामिछानेका बारेमा प्रधानमन्त्री दाहालको जवाफ माग गरेर संसदमा नेपाली कांग्रेसले सदन अबरोध गरिसकेको छ ।

Published : Saturday, 2024 March 16, 8:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया