प्रहरीद्वारा काठमाडौंको होटलमा छापा, जुवातास खेलिरहेका २१ जना पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानमा छापामारेर प्रहरीले २१ जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको टोखा नगरपालिका–९ लक्ष्मीनगरस्थित होटल रियात गेष्ट हाउसको छतमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालकसहितका मानिसलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

संखुवासभाको धर्मदेवी नगरपालिका–६ घर भएका ५० वर्षीय तुलाराम निरौला समेत ५ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार ८ सय ५० रूपियाँ र २ बुक ताससहित पक्राउ गरेको छ ।

उता, झापाको शिवसताक्षी नगरपालिका–१० स्थित रतुवामाई वृक्षारोपण आयोजनाको चौकिदार बस्ने भवनमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५३ वर्षीय राजेन्द्रकुमार पदालुङ समेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५६ हजार ८ सय ७५ रूपियाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यता, सुनसरीको धरान उपमहानगरपालिका–४ देवीथानस्थित न्यू देवीथान होटल एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा धनकुटा महालक्ष्मी नगरपालिका–१ बस्ने ३३ वर्षीय गंगाबहादुर कटुवाल समेत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७० हजार रूपियाँ र ६ बुक ताससहित पक्राउ गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–५ हसनपुरस्थित रोहित होटलबाट जुवातास खेलिरहेको अवस्थामा होटल संचालक सोही उपमहानगरपालिका–५ बस्ने ४१ वर्षीय कालुराम चौधरी समेत ५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८३ हजार ५ सय ८५ रूपियाँ र ३ गड्डी ताससहित पक्राउ गरेको छ ।

Published : Friday, 2024 March 15, 12:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया