तनहुँका विष्णुबहादुर मैतीदेवीबाट पक्राउ, ताहाचलको हिरासतमा राखियो

काठमाडौं । दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्तिलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले पक्राउ गरेको छ ।

दुबई पठाइदिन्छु भन्दै २ लाख ५० हजार रूपियाँ ठगी गरेको अभियोगमा तनहुँको बन्दिपुर नगरपालिका–५ घर भई काठमाडौं मैतीदेवी बस्ने ४५ वर्षीय विष्णुबहादुर भण्डारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

भण्डारीले १ जनालाई वैदेशिक रोजगारीका लागि दुबई पठाई प्रतिष्ठित कम्पनीमा मासिक ७० हजार रूपियाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ ।

मीनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–९ बत्तिसपुतलीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Published : Friday, 2024 March 15, 12:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया