विदेशीसँग बिहे गरेकी मन्त्री सुमनाको नागरिकताकाे कांग्रेसद्वारा जानकारी माग, कीर्तेको आशंका

काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको नागरिकतालाई लिएर प्रश्न उठाएका छन् ।

बिहीबार संसद भवन नयाँबानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै खतिवडाले मन्त्री श्रेष्ठले नेपाली नागरिकता बोक्ने गरेको हो कि विदेशी नागरिकता बोक्ने गरेको हो त्यसबारेमा सदनलाई जानकारी गराउन माग गरे । उनले विदेशी नागरिकसँग विवाह गरेकी मन्त्री श्रेष्ठको नागरिकताप्रति गम्भीर प्रश्न उठाएका हुन् । मन्त्री श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद र नेतृ हुन् । उनले विदेशी नागरिकसँग विवाह गरेकी छिन् । मन्त्री श्रेष्ठले नेपाली नागरिकता र विदेशी नागरिकता कीर्ते गरेर लिएको आरोप लाग्दै आएको छ ।

उनले भने, शिक्षामन्त्रीको कुरा पनि आयो । उहाँ विवाहित त्यो पनि विदेशी पुरुषसँग । उहाँले विदेशी पुरुषसँग विवाह गरेपछि नागरिकता नेपालको हो उहाँ । दिदी हो । बहिनी हो । नेपाली नागरिकता छ । त्यो नागरिकता छ कि छैन ? त्योबारेमा पनि उहाँले संसदमा जवाफ दिनुपर्छ ।’

‘उता जाँदा नेपाली नागरिकता सँगै जाने हो कि ? यता श्रीमान् यतै आएर बसेर यहिँ नेपाली नागरिक भएर बस्नु भएको छ कि ? त्यो जवाफ पनि दिएदेखि अझ राम्रो हुने थियो’, सभापति खतिवडाले भने ।

‘म अविवाहित हुँ । उहाँ विवाहित हो । अर्को देशको नागरिकसँग विवाह गरेको भन्ने सुन्न आएको छ । नागरिकताका सम्बन्धमा उहाँले यहाँको त्यागेर हो कि नत्यागेर विवाह गर्नुभएको छ, उहाँ पुगेर हाम्रो देशको जस्तै भिसामा बस्ने गर्नुभएको छ कि ?’, उनले प्रश्न गरेका छन् ।

‘श्रीमानसँगको स्टाटसमा उहाँले उताबाट नागरिकता लिएको छ कि छैन ? त्यो पनि सुशासनको बेलाको कुरा हो । त्यो पनि प्रष्ट पार्नुपर्छ’, उनले भने ।

सभापति खतिवडाले सुन प्रकरणमा दोषीलाई कारबाही गर्न गृहमन्त्री रवि लामिछानेलाई सुझाव दिएका छन् । सुनसम्बन्धी प्रतिवेदन आएको भन्दै खतिवडाले दोषी जो भए पनि कारबाही हुनुपर्ने बताए ।

‘सुनको प्रतिवेदन आएको छ । सांसदहरूको हातमा प्रतिवेदन आओस् । सीआईबीले त्यति बेला छानविन गर्दा केही उम्कनुपर्ने मान्छेहरू उम्किए, नउम्कनुपर्ने मान्छेहरू पनि उम्किए भन्ने कुराहरू आएको छ’, उनले भने ।

‘तत्कालीन गृहसचिवको भुटानी शरणार्थी प्रकरणमा उहाँ टेलिफोनलाई लिएर उहाँको टेलिफोन हेर्ने काम गरेको थियो । अनुसन्धानकर्ताले । तत्कालीन आईजीपी, एआईजीहरू पनि छन् सुनकाण्डमा भन्ने आएको छ । को को छन् रिपोर्ट आएपछि हेर्छौं’, सभापति खतिवडाले भने ।

खतिवडाले भने, ‘गृहमन्त्री (रवि लामिछाने) क्रान्तिकारी नै हुनुहुन्छ । अहिले देखिनै यो गर्ने, उ गर्ने भन्नुभएको छ । हामीले राज्य व्यवस्था तथा सुशासन समितिमा पनि छलफल गर्ने छौँ । उहाँ प्रतिपक्षमा हुँदा नारायाणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा मसँग प्रमाणहरू अरु पनि छन् कारबाही गर्नुपर्छ भनेर उहाँले भन्नुभएको छ’

‘कारबाही गर्ने ठाउँमा उहाँ पुग्नु भएको छ । उहाँले आफ्नो मुद्दामा चलखेल नगर्ने काम गर्नु र अरुको मुद्दामा पनि गलतलाई कारबाही गर्ने, निर्दोषलाई फसाउने काम नगर्न हामीले भनेका छौँ । उहाँका बारेमा उठेका ईश्युहरूको बारेमा उहाँ आफैले सम्बोधन गरिदिएदेखि राम्रो हुन्छ । हामीले प्रधानमन्त्रीसँग जवाफ मागेका छौँ । यस्तो मान्छेहरूलाई किन नियुक्ति गर्नुभयो ? सुशासनको कुरा गर्नु हुन्छ । कोही सुन केसमा भएका । अहिले पुन र सुन अहिले चर्चामा आएका विषय छन्’, उनले भने ।

‘मैले यो पुन र त्यो पनि भनिन् । दीपेश पनि दीपेशका बाबा पनि सचिवालयमा भएकाहरू नामहरू पनि आएको छ । मैले अहिले नै चार्ज त गरिहाल्दैन । निर्दोष नै सावित हुनुहोस् उहाँहरू । राजाका पालमा भन्दा बढि युवराजहरू वर्तमान युवराजहरूले गरेका कुराहरू आएका छन् । ठीक होइन’, खतिवडाले भने ।

रवि लामिछानेप्रति लक्षित गरेर उनले सहकारीको रकम दुरुपयोग गर्नेहरूलाई कारबाहीको माग गरेका छन् । ‘सहकारीमा बदमाशी गरेको छभने जो भए पनि कारबाही गरिनुपर्छ’, उनले भने ।

रास्वपाका सभापति एवम गृहमन्त्री लामिछानेले पनि दोहोरो नागरिकता र राहदानी लिएको र कीर्ते गरेको अभियोगमा दण्डा पाइसकेका छन् ।

Published : Thursday, 2024 March 14, 9:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया