प्रचण्डले खबर पठाएपछि दौडादौड गरेर बालुवाटार पुगे ओली

काठमाडौं । राष्ट्रियसभा अध्यक्षको निर्वाचन र विश्वासको मत लिने तयारीबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी ओलीबीच भटेवार्ता भएको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा दाहाल र ओलीबीच भेटवार्ता भएको स्रोतले जनाएको छ । उनीहरूका बीच मंगलबार हुन लागेको राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा कम्युनिस्ट गठबन्धनका उम्मेदवार नारायण दाहाललाई विजयी बनाउने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री दाहालले फागुन ३० गते बुधबार विश्वासको मत लिन लागेका छन् । दाहालले विश्वासको मतका लागि ओलीसँग परामर्श गरेका छन् ।

कम्युनिस्ट गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रमको विषयमा पनि दाहालले ओलीसँग छलफल गरेका छन् ।

राष्ट्रियसभाको उपाध्यक्ष एमालेले पाउने सहमति बनेको छ । नेपाली कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्री दाहालले एमालेसँग मिलेर कम्युनिस्ट गठबन्धन बनाएका छन् ।

Published : Monday, 2024 March 11, 3:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया