कम्युनिस्ट पृष्ठभूमिका उपेन्द्र यादवलाई प्रचण्ड–ओलीले औकात देखाइदिए, दिए पुछारको कुर्सी

काठमाडौं । कम्युनिस्ट पृष्ठभूमि भएका जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव स्वार्थको सत्ता राजनीतिका लागि लम्पसार पनि पर्ने क्षमता राख्छन् ।

पटक पटक मन्त्री बनेका अध्यक्ष यादवलाई मन्त्री बन्ने रहर लागेको छ । एमाले र माओवादी केन्द्रको कम्युनिस्ट गठबन्धनमा अध्यक्ष यादव मन्त्री बन्न लागेका छन् ।

अध्यक्ष यादवले आफ्नो पदीय गरिमा भुलेर सबैभन्दा पुछारको उप–प्रधानमन्त्री बनेर शपथ लिन लागेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन वटा उप–प्रधानमन्त्री बनाइसकेका छन् । यादव चौथो उप–प्रधानमन्त्री बन्न लागेका छन् । प्रधानमन्त्री दाहालले अध्यक्ष यादवलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेभन्दा पनि तल राख्न लागेका छन् ।

उप–प्रधानमन्त्रीको पहिलो वरीयतामा एमालेका रघुवीर महासेठ छन् । दोस्रो नम्बरमा माओवादीका नारायणकाजी श्रेष्ठ उप–प्रधानमन्त्री छन् । तेस्रो वरीयताको उप–प्रधानमन्त्रीमा रास्वपाका सभापति लामिछाने छन् । अब जसपाका अध्यक्ष यादव चौथो वरीयता अर्थात् कान्छो उप–प्रधानमन्त्री बन्नेछन् ।

जसपाका अध्यक्ष यादव चार पटकभन्दा धेरै पछक उप–प्रधानमन्त्री बनिसकेका छन् । यादवलाई उप–प्रधानमन्त्री र एउटा मालदार मन्त्रालय भए पुग्छ । त्यो माग पूरा भयो भने यादवलाई वरीयतामा कुनै मतलब रहनेछैन ।

जसपाका अध्यक्ष यादवले एमालेका रघुवीर महासेठभन्दा माथिको वरीयता माग गरेका छन् । दाहालले त्यो वरीयता दिन नसक्ने बताएका छन् । एमालेले पनि यादवलाई प्रधानमन्त्रीपछिको वरीयतामा महासेठलाई राख्नुपर्ने अडान राखेको छ ।

यादव २०६५ सालदेखि लगातार मन्त्री र उपप्रधानमन्त्री भइरहेका छन् । यादवलाई प्रधानन्त्री दाहाल र एमालेका अध्यक्ष केपी ओलीले साइजमा राख्न रास्वपाका सभापति लामिछानेभन्दा तल राख्न लागेका छन् ।

Published : Sunday, 2024 March 10, 12:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया