ओलीले देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्दा नमानेर इमानको राजनीति गर्नुभयो : सभापति बानियाँ

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले कांग्रेसले इमानको राजनीति गरेको बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल शिक्षक संघ, बागमती प्रदेशको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति बानियाँले कांग्रेसले धोकाको राजनीति पनि नगर्ने बताए । एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीको लागि पटक पटक प्रस्ताव गर्दा पनि सभापति शेरबहादुर देउवाले अस्वीकार गरेर इमानको राजनीति गरेको उनले बताए ।

उनले भने, ‘नेपालको राजनीतिमा सहमति गरेको ठाउँमा कहिल्यै पनि आफ्नो कारणले धोका नदिएको सर्तमा हिजोको दिनमा सरकारमा रहँदा माओवादीलाई धोका नदिएको कारण सरकारमा रहिरह्यौँ ।’

‘सरकारका लागि हामीलाई पटक पटक अफर आएकै हो’, देउवाले भने, ‘केपी ओलीबाट श्रद्धेय सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्नुस्, यो धोकेबाज, कहिले यता, कहिले उता गरिरहने भनेर उहाँले धेरै कुरा हुँदा पनि राजनीतिमा पनि नेपाली कांग्रेसले आफ्नो इमान्दारितालाई अक्षरंश पालना गर्नुभयो ।’

सभापति देउवाले भने, ‘हिजोको शान्ति प्रक्रिया, हिजोको संविधान, संविधानलाई निष्कर्ष, हिजो संविधान मास्न खोज्दाको गठबन्धन भएकोलाई यो गठबन्धनप्रति इमान्दारिता देखाउनुपर्छ, यदि कसैले बेइमानी गरेको कुरा उसैले जिम्मेवारी लिन्छ र जनताले हेरिरहन्छन् भन्ने कुरा कांग्रेसको कुरा हो ।’

‘गठबन्धन टुट्दै गएको अवस्थामा कांग्रेसको इमान्दारिताको कुरामा यो संघारमा रहनु वा नरहनुमा महत्वपूर्ण होइन’, सभापति बानियाँले भने ।

‘कांग्रेस जनताको सवालमा, जनताको जनजीविकामा संघर्ष गरेको पार्टी हो’, उनले भने, ‘एकैचोटी धेरै कुरा प्राप्ति हुँदैन । बेइमानहरूको भिडमा इमान भएको मान्छे टिक्न गाह्रो भएको छ ।’

उनले भने, ‘कांग्रेसलाई धेरै बेइमानहरूको भिडमा ठीक र सत्यको बाटोमा हिँडाउनलाई कोही यो व्यवस्थाभित्र आएर राजा खोज्ने, कोही सशस्त्र विद्रोहबाट सत्ता कब्जा गर्न खोज्ने, कोहीलाई यो व्यवस्था नै मन नपर्ने, सबैलाई व्यवस्थाभित्र लिएर हिँड्ने, हिँड्दा व्यवस्थाभित्रै अवसर पाएपछि, पद पाएपछि जो पनि जे जे कुरा गर्ने पनि आउँदछन् ।’

‘हिजो धेरै कुरा गरेका नयाँ पार्टीका नेताहरू पनि आज अवसर पाएपछि हौसिएर गइहाल्दो रहेछ । कतिले पदको लागि राजनीति गरे, कतिले पद्दद्धिको लािग राजनीति गरे’, उनले भने ।

‘नेपाली कांग्रेस पद्धतिको लागि राजनीति गरेको पार्टी हो । अरु पदको लागि राजनीति गरेको हो भन्ने कुरा समयले प्रमाणित गर्दै जान्छ । हामी गर्दै जाने, हेर्दै जाने, धैर्यता राख्दै जाने । निरन्तर संघर्ष गरिरहने’, बानियाँले भने ।

‘किटाणुहरूसँग लडिरहने कहिल्यै नास नहुने किटाणुहरू नेपालको राजनीतिमा प्रवेश गरेका छन्’, उनले भने, ‘नेपालको राजनीतिमा जनतालाई भ्रम सिर्जना, जनताको पक्षमा काम गर्छु भनेर जनतालाई भ्रम सिर्जना गरेर राजनीतिमा आउने र त्यही पदको लागि निरन्तर लाग्ने पार्टी छन् ।’

सभापति बानियाँले शिक्षक संगठनलाई शुभेच्छुक संस्था हुने कि नहुने भनेर महासमिति बैठकमा कुरा उठेको बताएका छन् । उनले शिक्षकहरू अधिकारका लागि आन्दोलन गर्न सडकमा जानुपर्ने हो कि भनेर सोँच्नु पर्ने अवस्था आएको पनि बताएका छन् ।

Published : Saturday, 2024 March 9, 6:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया