सुर्पाल र होलेरीबाट खटिएको प्रहरीद्वारा आकाशलाई पक्राउ

रोल्पा । जबरजस्ती करणी गरेको अभियोगमा रोल्पामा प्रहरीले २६ वर्षीय तुलबहादुर भन्ने आकाश घर्ती मगरलाई पक्राउ गरेको छ ।
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रून्टीगढी गाउँपालिका–१ लापल बस्ने घर्तीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
आकाशले ती बालिकालाई बुधबार जबरजस्ती करणी गरेको अभियोगमा पीडितका आफन्तबाट जाहेरी परेको थियो ।
पीडितको उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट सुर्पाल र ईलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले मगरलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
Published : Friday, 2024 March 8, 7:53 pm
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
फेसबुकबाट तपाईको प्रतिक्रिया