भारतीय राजदूत श्रीवास्तवद्वारा परराष्ट्रमन्त्री श्रेष्ठ र अर्थमन्त्री पुनसँग भेटवार्ता
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/03/Narayankaji-Navin-Shreewa.jpg?resize=810%2C418)
काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री वर्षमान पुनसँग अलग अलग भेटवार्ता गरेका छन् ।
बिहीबार सिंहदरबारमा राजदूत श्रीवास्तवले परराष्ट्रमन्त्री श्रेष्ठ र अर्थमन्त्री पुनसँग भेट गरेर कार्यकालको बधाइ दिएका हुन् ।
भेटमा राजदूत श्रीवास्तवले मन्त्रीद्वय श्रेष्ठ र पुनसँग नेपालमा भएको सत्ता समीकरणको परिवर्तन नेपालको आन्तरिक मामिला भएको बताएका छन् । श्रीवास्तवले सत्ता समीकरणबाट भारतले नेपालप्रतिको धारणामा परिवर्तन नगर्ने बताएका छन् ।
भारतीय राजदूत श्रीवास्तवले परराष्ट्रमन्त्री श्रेष्ठसँग द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बताएका छन् ।
श्रीवास्तव र श्रेष्ठबीच दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने, भारतको सहयोगमा नेपालमा सञ्चालित विकास निर्माणका परियोजना समयमै सम्पन्न गर्नेलगायत विषयमा छलफल भएको प्रवक्ता राईले बताए ।
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/08/Sherbahadur-Deuba-5.jpg?resize=200%2C200)
सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Rabi-Mukul.jpg?resize=200%2C200)
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Bp-Ganesman-Kishun-ji.jpg?resize=200%2C200)
वीपीलाई यसरी स्मरण गर्छन् कान्छाे छाेरा डा.शशांक कोइराला
डा.शशांक कोइराला, नेता, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/12/PL-Singh-Jp-Gupta.jpg?resize=200%2C200)
फेसबुकबाट तपाईको प्रतिक्रिया