सभापति देउवालाई आफ्नै अगाडि देखेपछि भावुक बने प्रचण्ड, निकै पछुतो माने

काठमाडौं । कम्युनिस्ट गठबन्धनका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकै निराश र हतास देखिएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा समय लिएर बोलेका दाहालको अवाजमा कुनै दम थिएन । उनले दिएको मन्तव्यका शब्द र प्रस्तुति निकै कमजोर थियो ।
नेपाली कांग्रेसले ईमान्दारिताका साथ सहयोग गरिरहेका बेला तत्कालीन सत्ता गठबन्धन भत्काएर नेकपा (एमाले)सँग कम्युनिस्ट गठबन्धन बनाउन पुगेका दाहालको आलोचना भइरहेको छ । कांग्रेसले विश्वास र ईमान्दारिताका साथ प्रधानमन्त्री दाहाललाई साथ दिएको थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री दाहाललाई ईमान्दारिताका साथ सहयोग गरेका थिए । गठबन्धन र प्रधानमन्त्री दाहालप्रति अविश्वास हुन्छ भनेर एमालेका अध्यक्ष केपी ओलीले पटक पटक भेट्न खोज्दा पनि सभापति देउवाले भेटेका थिएनन् । दाहाललाई पछुतो भएको छ ।
दाहालले यसअघि संसदको बैठकमा होस्् वा अन्य सार्वजनिक कार्यक्रमहरूमा आफ्ना आलोचकहरूको निकै कठोर शव्द, स्वर र अभिव्यक्तिबाट आलोचना गर्दै आएका छन् ।
संसद बैठकमा नेपाली कांग्रेसका सभापति देउवा प्रमुख प्रतिपक्ष दलको बेन्चमा बसेका थिए । देउवालाई ठाडो नजरले हेर्न नसकेका प्रधानमन्त्री दाहाल निकै कमजोर र हतास देखिएका थिए ।
दाहालले कांग्रेसलाई खुलेर गाली गर्न पनि सकेनन् । उनले एमालेको खुलेर समर्थन पनि गर्न सकेनन् । बोल्ने क्रममा एमालेका अध्यक्ष ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको नामसम्म लिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको नाम लिएनन् । उनले जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई पनि सम्झिए । सभापति लामिछाने प्रधानमन्त्री दाहालको मुखबाट नाम आएन ।
तत्कालीन गठबन्धन तोडिनुको कारण दाहालले दिएका थिए । दाहालले दिएको कारणमा कुनै दम थिएन । दाहालले कांग्रेसलाई लगाएकै आरोपहरू निकै कमजोर र फिक्का थिए ।
एमालेका सांसद समेत रहेका नेता विष्णु पौडेलले पनि तर्कयुक्त अभिव्यक्ति दिन सकेनन् । उनले कांग्रेसलाई केही मनगढन्ते आक्षेप लगाए । पौडेलले पनि कांग्रेसलाई खुलेर तर्कसंगत आलोचना गर्न सकेनन् । पौडेललाई सभामुखले दिएको पूरै समय विताउन निकै कठिन भयो ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले दमदार अभिव्यक्तिसहितको प्रस्तुति दिए । तथ्याङ्क र विगतका निर्णयहरूमा टेकेर लेखकले दिएको अभिव्यक्ति निकै आकर्षक र सुन्न लायक थियो । लेखकले संसदमा अहिलेसम्मकै दमदार अभिव्यक्ति दिएका छन् ।
लेखकले शान्ति प्रक्रिया, गोदावरी महासमिति बैठक, हिन्दु राष्ट्रको कुरा लगायतमा धमाकेदार अभिव्यक्ति दिए । लेखकको तर्कबाट प्रधानमन्त्री दाहाल झनै निरास र हतास बनेका छन् ।
प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेससँगको गठबन्धन तोडेर निकै ठूलो भुल गरेको अनुभूति उनको संसदको सम्बोधनले देखाएको छ । कुनै पनि बेला प्रधानमन्त्री दाहाल कांग्रेसका सभापति शेरबहादुर देउवालाई बुढानिकलण्ठमा पुगेर सरकारको नेतृत्व लिइदिनु पर्यो भन्ने बेर लाग्नेछैन ।
अहिलेको कम्युनिस्ट गठबन्धन र सरकारमा सहभागी भएका मन्त्रीहरूको अनुहारबाट प्रधानमन्त्री दाहाल खुसी छैनन् । दाहालले मन्त्रीहरूको अनुहारका बारेमा एक शब्द बोलेका छैनन् ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया