सर्लाहीमा अपहरणमा परेका बालकको तत्काल उद्धार, अताबुल अंसारी पक्राउ
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/03/Atabul-Ansari.jpg?resize=810%2C510)
काठमाडौं । चार वर्षीया बालक अंकितकुमार रामलाई अपहरण गर्ने २७ वर्षीय अताबुल अंसारीलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।
अंकितकुमारलाई पसलमा कुरकुरे किन्न गएका बेला बुधबार सर्लाहीको पर्सा गाउँपालिका वडा नं. २ संग्रामपुरस्थित सडकबाट अताबुलले अपहरण गरेर भारततर्फ जैजाने क्रममा स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख (एसपी) दयानिधि ज्ञवालीले बताए ।
अपहरणमा परेका ४ वर्षीय बालक अंकितकुमार राम भारतको बिहार सीतामढी सोनवर्षा जानकीनगर वडा नं. १ दरबार लालवनी बस्ने धिरेन्द्र रामको छोरा हुन् । उनी पर्सा गाउँपालिका वडा नं. २ स्थित मामाको घरमा आएका थिए । स्थानीयको सहयोगमा प्रहरीले तत्काल बालकको उद्धार गरेको थियो ।
बालक अपहरणमा संलग्न २७ वर्षीय अताबुल अंसारी पनि भारतको बिहार सीतामढी बथुवारा वडा नं. १ बस्ने सलामत अन्सारीका छोरा हुन् ।
उद्धारपछि अंकितकुमार रामलाई अभिभावकको जिम्मा लगाइएको एसपी ज्ञवालीले बताए । अपहरणमा संलग्न भएको आरोप लागेका अताबुल अंसारीलाई सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/03/IMG_20240307_0002-642x1024.jpg?resize=642%2C1024&ssl=1)
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sherbahadur-Deuba-1-1.jpg?resize=200%2C200)
सभापति देउवाले विश्वासको मत दिँदा दिएको अभिव्यक्ति
शेरबहादुर देउवा, सभापति एवं नेता संसदीय दल, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sudarshan-Thapaliya.jpg?resize=200%2C200)
फेसबुकबाट तपाईको प्रतिक्रिया