प्रचण्डले राजनैतिक बेइमानी गरेको कांग्रेसको ठहर, प्रमुख प्रतिपक्षमा बस्ने, आराेपहरू खारेज

काठमाडौं । नेपाली कांग्रेसले गठबन्धनप्रति इमानदार हुँदा पनि माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले राजनैतिक बेइमानी गरेको आरोप लगाएको छ ।

काठमाडौंमा बिहीबार बसेकाे कांग्रेस संसदीय दलको बैठकले दाहालले कांग्रेसलाई लगाएकाे आराेपहरू निराधार रहेकाे निर्णय गरेकाे छ । मुख्य सचेतक रमेश लेखकले प्रधानमन्त्री दाहालले राजनैतिक बेइमानी गरेका कारण कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेकाे बताए । सरकारलाई दिएकाे समर्थन फिर्ता लिएको जानकारी सभामुखलाई गराउने निर्णय गरेको लेखकले बताए ।


संविधानको रक्षा, गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण, सुशासन विकास र स्थिरिताका लागि गठबन्धन गरेर चुनावमा गएको र त्यसक्रममा भएको सहमतिप्रति आफू प्रतिबद्ध रहेको बेला प्रधानमनत्रीले अविश्वसनीय ढंगले गठबन्धन तोडेको उनले बताए ।

`प्रधानमन्त्री पुपष्कमल दाहालजीले हामीलाई विवासघात गर्नुभयो र गठबन्धन भत्काउनुभयो,’ लेखकले भयो, ‘यसलाई हामीले राजनैतिक बेमाइनी ठहर गरेका छौं ।’

मुख्य सचेतक लेखकले गठबन्धन तोडेर प्रधानमन्त्री दाहालले देशलाई अस्थिरता र अनिश्चिततातर्फ लगेको कांग्रेसको आरोप छ ।

कांग्रेसले संघीय संसदमा प्रमुख विपक्षी दलका हैसियतले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने लेखकले बाएका छन् ।

‘हामीले हाम्रा सांसदहरुलाई संसदमा देश जनताका हितमा प्रधावकारी रुपमा प्रस्तुत हुन र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न निर्देश गरेका छौं,’ उनले भनेका छन् ।

Published : Thursday, 2024 March 7, 11:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया