अबैध कागजपत्रसहित रानीगञ्ज हिँडेको भारतीय ट्रक सर्लाहीमा पक्राउ

काठमाडौं । सर्लाहीमा प्रहरीले विशेष सूचनाको आधारमा भारतीय नम्बर प्लेटको अबैध ट्रक (कन्टेनर)लाई नियन्त्रणमा लिएको छ ।

लालबन्दी नगरपालिका वडा नं. ६ जनवादी चोकस्थित पूर्वपश्चिम महेन्द्रराजमार्गमा चेकजाँच गर्ने क्रममा ट्रकको कागजपत्र र चेसिस नम्बर फराक पाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख (एसपी) दयानिधि ज्ञवालीले बताएका छन् ।

नवलपुरबाट रानीगञ्जतर्फ जाँदै गरेको बीआर ०६ जीए ५१८८ नम्बरको ट्रकको ईन्जिन नम्बर र चेसिस नम्बर सवारी दर्ताअनुसार नरहेको एसपी ज्ञवालीले बताए ।

ट्रकको ईन्जिन र चेसिस नम्बर आरटीव अनलाइनबाट चेकजाँच गर्दा समेत सवारी दर्ताअनुसार नपाइएपछि नियन्त्रणमा लएर आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको छ ।

ट्रकसहित भारतको बिहार, मोतीहारी थापा मधुवन वडा नं. १ बस्ने चालक २५ वर्षीय पप्पुकुमार यादव र सहचालक मधुवन वडा नं. २ बस्ने २४ वर्षीय कुन्दनप्रसाद कुश्वाहालाई आवश्यक कारबाहीका लागि राजस्व कार्यालय पठाइएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Wednesday, 2024 March 6, 5:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया