माओवादीका कारण देशमा राजनैतिक वितृष्णा फैलाउने काम भयाे : कांग्रेस नेता भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले लाेकतान्त्रिक र राष्ट्रवादी शक्ति एकजुट हुन अपील गरेका छन् ।

बुधबार नेता भण्डारीले विज्ञप्ति जारी गरेर लाेकतान्त्रिक र राष्ट्रवादी शक्ति मिल्ने बेला आएकाे बताए । उनले माओवादीका कारण देशमा राजनैतिक वितृष्णा फैलाउने कार्य भएकाे बताए ।


उनले भने, `नेपालमा पछिल्लो समयमा घटित राजनीतिक घटनाक्रमले देशलाई थप अस्थिरता तर्फ लैजाने र नागरिकमा थप निराशा सिर्जना गर्ने अवस्था उत्पन्न भएकोमा सबै राष्ट्रबादी शक्तिमा चिन्ता र चासो बढेको छ ।´

नेकपा माओवादी केन्द्रका निर्णयले देशमा राजनीतिप्रति वितृष्णा फैलाउने, आपसी अविश्वास सिर्जना गर्ने र अतिवादलाई मलजल गर्ने काम गरेको छ´, उनले भने, त्यसबाट मुलुकलाई जोगाउनु आजको प्रमुख राष्ट्रिय आवश्यकता हो भन्ने तथ्यलाई मनन गर्नु हामी सबैको दायित्व हो ।´

`देश र जनताको हितलाई शिरोपर गर्दै विद्यमान संकटबाट मुलुकलाई निकास दिनका लागि लोकतान्त्रिक परिपाटीका पक्षधर, वैदिक सनातन हिन्दू धर्ममा विश्वास राख्ने सम्पूर्ण राष्ट्रवादी शक्तिलाई एकजुट भएर अघि बढनका लागि हार्दिक आब्हन गर्दछु´, नेता भण्डारीले भने ।

Published : Wednesday, 2024 March 6, 2:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया