सभापति देउवा र अध्यक्ष नेपालबीच भेटवार्ता, साथमा डा.राणा र लेखक, नयाँ माेडमा राजनीति

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका छन् ।

बुधबार बिहान सभापति देउवाले काेटेश्वरस्थित निवासमा नेपालसँग भेट गरेर स्वास्थ अवस्थाका बारेमा जानकारी लिएका हुन् । अध्यक्ष नेपालकाे स्वास्थ्यमा समस्या भएपछि उपचार गराइरहेका छन् ।

भेटमा मुलुककाे पछिल्लो राजनीतिक अवस्था र गठबन्धनका विषयमा छलफल भएकाे बुझिएको छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन ताेडेर एमालेसँग नयाँ गठबन्धन बनाएपछि विभिन्न अड्कलवाजी भइरहेका बेला देउवा र नेपालबीच सम्वाद भएको छ ।

अध्यक्ष नेपालसँगकाे भेटमा सभापति देउवासँगै कांग्रेस नेतृ डा.आरजु राणा देउवा र प्रमुख सचेतक रमेश लेखक पनि रहेका थिए । सभापति देउवा र अध्यक्ष नेपालकाे याे भेटले नयाँ राजनीतिक माेड लिन सक्ने चर्चा चलेकाे छ ।

Published : Wednesday, 2024 March 6, 11:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया