प्रचण्डले धोक दिनेवित्तिकै कांग्रेसले एकताको सन्देश दियो, सभापति देउवालाई अधिकार प्रदान

काठमाडौं । नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवालाई उपनिर्वाचनमा पार्टीबाट खडा नगरिने उम्मेदवारलाई टिकट दिने अधिकार दिएको छ ।

मंगलबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भनेको छ, ‘उक्त उप–निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्नका लागि सभापति शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय यो बैठक गर्दछ ।’

‘संवत् २०८१ साल वैशाख १५ गते इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा सम्पन्न हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय यो बैठक गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

‘उक्त उप–निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा नेपाली कांग्रेस दल दर्ता सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गर्ने निर्णय यो बैठक गर्दछ’, कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग मिलेर नयाँ गठबन्धन गरेका बेला कांग्रेसले उपनिर्वाचनमा टिकट वितरण गर्ने अधिकार सभापति देउवालाई दिएको छ ।

कांग्रेसले उम्मेदवार बनाउने निर्णय गरे पनि कुनै दलसँग मिलेर चुनावमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा केह ीभनेको छैन ।

Published : Tuesday, 2024 March 5, 9:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया