लामिछानेले गृहमन्त्री नपाउने भएपछि कांग्रेसले प्रधानमन्त्री प्रस्ताव गरेको हल्ला फैलाए

काठमाडौं । उपप्रधानसहित गृहमन्त्री पद नपाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली कांग्रेसले प्रधानमन्त्री पद प्रस्ताव गरेको भनेर नयाँ गठबन्धनभित्र बार्गेनिङ गरेका छन् ।

नयाँ गठबन्धनमा सभापति लामिछानेले गृह मन्त्रालय माग गरेका छन् । एमाले र माओवादी केन्द्रले पनि अर्थ वा गृह मन्त्रालयमध्ये एक मन्त्रालय पाउनुपर्ने भनेर दाबी गरेपछि सभापति लामिछानेले गृह मन्त्रालय पाउने सम्भावना निकै कम छ ।

सभापति लामिछानेले गृह मन्त्रालय नपाउने भएपछि कांग्रेसले प्रधानमन्त्रीमा प्रस्ताव गरेको भनेर हल्ला फैलाएका छन् । कांग्रेसका एक नेताका अनुसार रास्वपाका सभापति लामिछानेलाई कांग्रेसले प्रधानमन्त्री पदमा प्रस्ताव नगरेको बताए । ती नेताले भने, ‘कांग्रेसले रास्वपाका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका छैनौँ । उहाँहरुले मिलेर सरकार बनाउनुस् भनेर शुभकामना दिएका छौँ । हामी नयाँ गठबन्धनको सरकार ढाल्ने पक्षमा छैनौँ ।’

रास्वपाले गृह मन्त्रालय माग गरेर धेरै बखेडा गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी ओलीले नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा ल्याएर रास्वपालाई बाहिर राख्ने तयारी गरेको स्रोतले जनाएको छ । एकीकृत समाजवादीलाई सरकारमा ल्याउनका लागि दाहाल र ओलीले अध्यक्ष माधवकुमार नेपाललाई कोटेश्वरस्थित निवासमा भेट गरेका छन् । दाहाल र ओलीको रणनीतिबाट सभापति लामिछाने झस्किएर कांग्रेसले प्रधानमन्त्री प्रस्ताव गरेका भ्रामक हल्ला फैलाका हुन् ।

प्रधानमन्त्री एवम् माओवादीका अध्यक्ष दाहालले अर्थ मन्त्रालय वा गृह मन्त्रालयमध्ये एक मन्त्रालय पाउनुपर्ने अडानमा छन् । माओवादीबाट वर्षमान पुनले अर्थ मन्त्रालय माग गरेका छन् । नारायणकाजी श्रेष्ठले गृहमन्त्रीमा निरन्तरताका लागि प्रयास गरिरहेका छन् ।

श्रेष्ठले गृह मन्त्रालय माग गरेर एमालेका अध्यक्ष ओलीसँग बालकोटमा निरन्तर पुगेर माग गर्दै आएका छन् । ओलीले श्रेष्ठलाई गृह मन्त्रालय दिन आलटाल गरिरहेका छन् ।

एमालेले सत्ता गठबन्धनको ठूलो दलको हैसियतले गृह मन्त्रालय वा अर्थ मन्त्रालय पाउनुपर्ने अडानमा छ । एमालेको माग पनि जायज छ ।

तर, रास्वपाका सभापति लामिछानेलाई गृह मन्त्रालय नभइभएको छैन । नागरिकता, राहदानी, सहकारी काण्ड लगायतका विवादमा मुछिएका लामिछानेले गृहमन्त्री बनेरै छाड्ने बताउने गरेका छन् ।

एमाले र माओवादीले गृह मन्त्रालय दिन आलटाल गरेपछि सभापति लामिछानेले कांग्रेसले प्रधानमन्त्री प्रस्ताव गरेको भनेर भ्रम फैलाउने प्रयास गरेका हुन् ।

Published : Tuesday, 2024 March 5, 7:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया