प्रचण्डले कांग्रेससँग गरेकाे व्यवहारकाे हिम्मतिला मुख्यमन्त्री पाण्डेले माओवादीसँग २४ घण्टाभित्र बदला लिए

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गरिदिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका मन्त्रीहरूलाई साेमबार हटाएका थिए । दाहालले कांग्रेसका मन्त्रीहरूलाई हटाएकाे २४ घण्टाभित्र माओवादीसंग मुख्यमन्त्री पाण्डेले बदला लिएका छन् ।

माओवादीकातर्फबाट मन्त्री भएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेशमबहादुर जुग्जाली र सामाजिक विकासमन्त्री सुशील सिम्खडालाई बर्खास्त गरिएको स्रोतले जनाएको छ ।

यी दुवै मन्त्रालय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे आफैले राखेका छन् । मन्त्री बर्खास्त गर्नुको कारण भने खुलाइएको छैन । पाण्डेले दुई मन्त्रीलाई हटाएर हिम्मतकाे काम गरेका छन् ।

मुख्यमन्त्रीको यो कदमसँगै माओवादी केन्द्रले समर्थन फिर्ता लिने र कांग्रेस नेतृत्वको सरकार ढल्ने आकलन गरिएको छ । माओवादी केन्द्रले आगामी सत्ता समीकरणबारे छलफल थालेको बताइएको छ ।

एमालेले यसअघि नेतृत्व गरिसकेको हुनाले सरकारको नेतृत्व आफ्नो दलले पाउनुपर्ने माग माओवादी केन्द्रको छ । गण्डकीमा नयाँ सरकार गठन गर्न एमाले र माओवादी केन्द्रलाई राप्रपाको साथ अनिवार्य छ ।

यस बिषयमा जानकारी गराउन र पछिल्लो राजनीतिक घटनाक्रबारे छलफल गर्न मुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता पाण्डेले संसदीय दलको आकस्मिक बैठक बोलाएका छन् ।

Published : Tuesday, 2024 March 5, 12:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया