सुर्खेतमा बालमन्दिरको परीक्षा विथोल्ने हर्कत, स्वार्थका लागि सीडीओ, एसपी, एमालेकी मेयर मिले

वीरेन्द्रनगर । तेस्रो ‘कर्णाली एक्सपो २०८०’का कारण बालमन्दिर विद्यालयको परीक्षालाई ठूलो असर परेको छ ।

विद्यालयदेखि महोत्सव लागेको स्थान करीव १० मिटरको दूरीमा छ । बालमन्दिर विद्यालयको मिति २०८० चैतको १ गतेदेखि वार्षिक परीक्षा हुन लागेको छ । विद्यार्थीको परीक्षालाई बेवास्ता गरेर महोत्सव लगाउन स्थानीय प्रशासन, प्रहरी, वीरेन्द्रनगरपालिकाका मेयरले अनुमति दिएर विद्यार्थीको भविष्यमाथि खेलावड गरेको आरोप छ ।

वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकाल र नेपाल उद्योग वाणिज्य संघ, सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेलको मिलोमतो तथा स्वार्थमा सामुदायिक विद्यालयको पठन पाठन प्रभावित गर्नेगरि महोत्सव लगाउन अनुमति दिइएको छ । मेयर ढकाल एमालेबाट निर्वाचित भएकी हुन् ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका (सीडीओ) शंकरहरि आचार्य र जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख (एसपी) रुपेश खड्काले पनि बालमन्दिर विद्यालयका विद्यार्थीको वार्षिक परीक्षाका विषयमा ध्यान नदिएर विवादित स्थानमा महोत्सव लगाउन दिएका छन् ।

स्थानीयहरुले विद्यालयको नजिक महोत्सव लगाउन दिएर विद्यार्थीको भविष्यसँग खेलवाड गरेको भनेर अनुसन्तष्टि जनाएका छन् ।

परीक्षा प्रभावित बनाउने हर्कत हुँदा पनि बालबालिकाको क्षेत्रमा आवाज उठाउने संघ/संस्था यस पटक बोलेनन् । विद्यालयकै छेउमा महोत्सव हुन लागेको विषयमा अधिकारकर्मीहरू नबोलेर दुलाभित्र बसेका छन् ।

Published : Tuesday, 2024 March 5, 9:36 am

फेसबुकबाट तपाईको प्रतिक्रिया