प्रचण्डद्वारा सभापति देउवालाई विश्वासघात, माधवको बिचल्ली

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेको विश्वासमाथि घात गरेका प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा (एकीकृत समाजवादी)लाई गम्भीर धोका दिएका छन् ।

नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग अचानक नयाँ गठबन्धन गरेका दाहालले सभापति देउवा र अध्यक्ष माधवकुमार नेपाललाई बीच बाटोमा अलपत्र पारेर हिँडेका छन् ।

दाहालको पछिल्लो हर्कत र गतिविधि हुन सक्छ भन्ने पूर्वामानुमान थियो । सभापति देउवाले दाहालमा सुधार भएको अनुमान गर्नु नै गम्भीर भुल भएको छ । अध्यक्ष नेपालले पनि दाहाललाई विश्वास गर्दा नेकपा (एकीकृत समाजावादी)को बिचल्ली भएको छ ।

सभापति देउवाले एमालेका अध्यक्ष केपी ओलीले विभिन्न माध्यमबाट प्रधानमन्त्रीको प्रस्ताव पठाउँदा पनि मानेका थिएनन् । अविश्वास बढ्छ भनेर देउवाले ओलीसँग भेट पनि गर्न अस्वीकार गरेका थिए ।

सभापति देउवाले गरेको विश्वास र अध्यक्ष नेपालले दिएको बलियो साथलाई देउवाले घात गरेपछि तनाबको अवस्था सिर्जना भएको छ ।

Published : Monday, 2024 March 4, 9:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया