बारामा एक्काईस लाखसहित पाँच जना पक्राउ

काठमाडौं । हुण्डी कारोबारमा संलग्न रहेका ५ जना व्यक्तिहरुलाई प्रहरीले करिव २१ लाख रुपियाँसहित नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा, कलैयाबाट खटिएको प्रहरी टोलीले फागुन १८ गते कलैया उप–महानगरपालिका वडा नं. ६ स्थित अस्पताल रोडबाट रंजित सर्राफ नगदसहित पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
सर्राफ कुनै पनि बैंकको इजाजत पत्र नलिई भारतबाट नेपालमा रकम ओसार पसार गर्ने क्रममा पाँच लाखसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
हुण्डी कारोबारमा संलग्न रहेका व्यक्तिहरूलाई पक्राउ गरी बैंक तथा वित्तीय संस्था सम्बन्धिको कसूर मुद्दा दर्ता गरिएको छ । जिल्ला अदालत बाराबाट दिन ७ म्याद थप गरी अनुसनधान कार्य भइरहेको छ ।
पक्राउ पर्ने व्यक्तिहरूमा भारतको बिहार राज्यको जिल्ला मोतीहारी थाना हरपुर पंचायत हरपुर ग्राम नायक टोलमा बस्ने शम्भु साहको छोरा वर्ष २९ को रंजित सरार्फ रहेका छन् ।
बाराको कलैया उपमहानगरपालिका वडा नं.७ मा बस्ने मोतजार मियाँ अंसारीको छोरा जिल्ला बाराको कलैया उपमहानगरपालिका वडा नं.४ स्थितमा आसिफ मनि चेन्जर संचालक वर्ष ३१ को कलामुदिन अंसारी पनि पक्राउ परेका छन् ।
बाराको महागढीमाई नगरपालिका वडा नं. १ मा बस्ने जलिल मियाँ अंसारीको छोरा बाराको कलैया उपमहानगरपालिकाको वडा नं.४ स्थितमा आसिफ मनि चेन्जर संचालन गरी बस्ने वर्ष ३९ को मेराजुल हक अंसारी पनि पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा यस कार्यालय तथा ईलाका प्रहरी कार्यालय छत्वा, बाराबाट खटिएको प्रहरी टोलीले फागुन २० गते दिउँसो चार बजेको समयमा बाराको विश्रामपुर गाउँपालिका वडा नं. १ छत्वा कलयाणपुर सुलिगेटस्थित भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय मोटरसाइकल सहितका व्यक्तिहरू पक्राउ परेका छन् ।
उनीहरुको साथबाट कुनै पनि बैंकको इजाजत पत्र नभएको विभिन्न दरको नेपाली १६ लाख ९ हजार रूपियाँ बरामद गरी पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।
भारतको बिहार मोतीहारी, ग्राम स्यामपुर बस्ने वर्ष ४२ को कृष्णलाल प्रसाद, बिहारको मोतीहारी, ग्राम अरेरा बस्ने वर्ष ४० को रबिशंकर सिंह पनि पक्राउ परेका छन् ।

बिचार/ब्लग

केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया