अरु झिना मसिना, गठबन्धन भत्किनुमा यी हुन् प्रमुख कारण, वर्षमान सफल देखिए

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सरकारको नेतृत्व गर्दा समेत भविष्यमा आफ्नै नेताहरु जेलमा जाने अवस्था सिर्जना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले भावी जीवनयापनलाई लिएर गठबन्धन तोडेर एमालेसँग हात मिलाउन पुगेका छन् ।

शान्ति प्रक्रियाका बाँकी भएका विषयलाई टुङ्ग्याउन नसकेका प्रधानमन्त्री दाहाललाई भविष्यमा आफूसहित नेताहरु जेल जानुपर्ने अवस्था थियो । सत्य निरुपण तथा मेलमिलाप विधेयक र बेपत्ता छानबिन सम्बन्ध विधेयक पारित गराउन एमालेले सधैँ अवरोध गर्दै आएको थियो ।

नेपाली कांग्रेस शान्ति प्रक्रियाका बाँकी विषय टुङ्ग्याउन चाहन्छ । तर, बीचमा आएर माओवादीले कांग्रेसलाई छाडेर एमालेसँग मिलेर गएको छ ।

माओवादी केन्द्रले एमालेसँग गठबन्धन नगरेको भए माओवादीका नेताहरुलाई भविष्यमा निकै ठूलो चुनौती र समस्या आउने थियो । त्यो सम्भावना पनि कायम रहेको छ । अहिले पनि माओवादीका नेताहरुको समस्याको समाधान हुने अवस्था छैन ।

माओवादीसँग संवैधानिक पद कुनै पनि रहेको छैन । टिआरसीले माओवादी नेताहरु थुनिदैँ जाने अवस्था थियो । ०८४ को निर्वाचनमा एक्लै चुनाव लडनु पर्ने अवस्था माओवादीलाई थियो । यसपछि सरकारको नेतृत्वमा कहिल्यै नपुग्ने अवस्था पनि माओवादीलाई रहेको थियो ।

माओवादीले कांग्रेसलाई छाडेर एमालेसँग नयाँ समीकरण गरेर जाँदा पनि माओवादी केन्द्रको भविश्य नै अन्यौलमा छ । विगतमा एमालेसँग मिलेर नेकपा गठन गरेर माओवादीसहितका कम्युनिस्टको झण्डै दुईतिहाईको बहुमत पुगेको थियो । त्यस बेला नेकपा तीन टुक्रा बनेको थियो ।

कम्युनिस्टहरु मिल्न सक्दैनन् भन्ने कुरा इतिहाँसदेखि नै देखिदै आएको छ । भविष्यमा पनि कम्युनिस्टहरु एकसाथ जान्छन् भन्ने छैन । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन आउन लामो समय छ । त्यो बेलासम्म माओवादीका अध्यक्ष दाहाल र एमालेका अध्यक्ष केपी ओलीबीच गठबन्धनले के हैसियत लिने हो प्रश्न उठेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले मन्त्री फिर्ता नगरेको भन्ने कुरा गौण छ । यो घटनाक्रम बहाना मात्रै हो । बालुवाटारमा अड्डा जमाएर बसेका माओवादी केन्द्रका नेता वर्षमान पुनले पार्टीको भविश्य सहित सैद्दान्तिक र नीतिगत कुरा हेरेका छन् ।

सत्ता गठबन्धन भत्काएर एमालेसँगको नयाँ समीकरण बनाउने विषयमा नेता पुन माओवादीका अरू नेताभन्दा दुरदर्शी नै देखिएका छन् । अरू नेताहरु अध्यक्ष दाहालका आदेश पालक (लडाकु) मात्रै हुन् । विवेक प्रयोगको सन्दर्भमा अध्यक्ष दाहालपछि माओवादीभित्र नेता पुन अब्बल देखिए छन् ।

नेता पुन चीन निकट मानिन्छन् । पुनले नै कांग्रेससहितको गठबन्धनलाई भत्काएर एमालेसँगको गठबन्धन बनाउन पुगेका छन् । नयाँ समीकरणसहितको गठबन्धन बनाउन चीनले सफलता पाएको छ । नेता पुन चीनको डिजाइनमा सरकारबाट कांग्रेसलाई बाहिर राखेर नयाँ समीकरण सफल बनाएका छन् ।

सरकारका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरु पठाउन अबरोध भएको विषय गौण छ । सभापति शेरबहादुर देउवाले गठबन्धनलाई बचाउन निकै प्रयास गरेका थिए र छन् । तैपनि गठबन्धन भत्किएको छ ।

गठबन्धन भत्किनुमा गोदावरीको महासमिति बैठकमा महामन्त्री गगन थापाको गठबन्धन विरोधी प्रतिवेदनलाई पनि कारक मानिएको छ । थापाले माओवादीलाई चिढ्याउने गरेर गतिविधि र हर्कत गरेका थिए ।

Published : Monday, 2024 March 4, 11:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया