सभापति देउवाले बोलाए बैठक, भावी रणनीति बनाउने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।

सोमबार बिहान दश बजे सभापति देउवाले आफ्नै निवास बुढानीलकण्ठमा बैठक बोलाएका हुन् । बैठकमा सत्ता गठबन्धन भत्किएको विषयमा छलफल हुनेछ ।

एमाले, माओवादी केन्द्रसहितका दलहरुको नयाँ समीकरण बनेपछि कसरी अगाडि बढ्ने भनेर पनि कांग्रेसले छलफल गर्नेछ ।

Published : Monday, 2024 March 4, 10:12 am

फेसबुकबाट तपाईको प्रतिक्रिया