चीन हाबी भएको कम्युनिस्ट बाहुल्यताको नयाँ सरकार

काठमाडौं । कम्युनिस्टहरुको बहुमतसहितको एमाले, माओवादी केन्द्रसहितका दलहरुको नयाँ समीकरण बनेर सरकार बन्न लागेको छ ।

सोमबार नै एमाले र माओवादीले सरकार बनाउने तयारी गरेका छन् । नेपाली कांग्रेससँगको सहकार्य तोडेर माओवादीले एमालेसँग समीकरण गरेको छ । एमालेसँगै पार्टी एकीकरण गरेर जाने तयारीमा माओवादी रहेको छ ।

नयाँ समीकरणमा कम्युनिस्टहरु हाबी देखिएका छन् । एमाले र माओवादीको समीकरणमा चीनको ठूलो भूमिका रहेको चर्चा छ ।
एमालेका अध्यक्ष केपी ओलीले आफूलाई हाबी बनाएर नयाँ समीकरण बनाइदिएका छन् । प्रधानमन्त्री समेत रहेका माओवादीका अध्यक्ष दाहालले कांग्रेसले सहयोग गर्दागर्दै बीचमा धोका दिएका छन् । उनले कांग्रेसको गुनलाई भुलेका छन् ।

नयाँ समीकरणमा उपेन्द्र यादवको जनता समाजवादी पार्टी नेपाल (जसपा), रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायतका दलहरुलाई राखेर सरकार बनाउने तयारी भएको छ । अन्य दलहरुलाई पनि सरकारमा लैजाने तयारी भएको छ ।

Published : Monday, 2024 March 4, 9:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया