बालुवाटारको सत्ता गठबन्धनको बैठक अचानक बिथोलियो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सत्ता गठबन्धनको बैठक अचानक स्थगित भएको छ ।

सोमबार बिहान ८ बजे बालुवाटारमा गठबन्धनको बैठक बस्ने भनिएको थियो । बैठकमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन सम्बन्धी बिधेयकमा छलफल गरेर सहमति गर्ने तयारी थियो ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल (जसपा), नेकपा (एकीकृत समाजवादी) लगायतका दललाई बैठकका लागि बोलाइएको थियो ।

प्रधानमन्त्री दाहालले एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीसँग गठबन्धन गरेर समीकरण फेर्ने तयारी गरेपछि सत्ता गठबन्धनको समिति बैठक प्रभावित बनेको छ ।

Published : Monday, 2024 March 4, 8:48 am

फेसबुकबाट तपाईको प्रतिक्रिया