गगनको प्रतिवेदनले बबाल गरेका बेला सत्ता गठबन्धनको बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेस र माओवादी केन्द्रबीच विवादका कुरा बाहिर आइरहेका बेला सत्ता गठबन्धनको बैठक बोलाइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार बिहान ८ बजे गठबन्धनको बैठक बोलाएको स्रोतले जनाएको छ ।

बैठकमा मन्त्री हेरफेर, राष्ट्रिय सभा अध्यक्षको निर्वाचन र सत्य निरूपण तथा मेलमिलाप र बेपत्ताहरूको छानबिन आयोगसम्बन्धी (टीआरसी) विधेयक लगायतको विषयमा छलफल हुनेछ ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपाल (जसपा)बीच बैठक बस्नेछ ।

कांग्रेसको महासमिति बैठकमा सत्ता गठबन्धनप्रति महामन्त्री गगनकुमार थापाको अभिव्यक्ति र प्रतिवेदनको विषयलाई लिएर प्रधानमन्त्री दाहालले आशंका जनाएका छन् ।

Published : Sunday, 2024 March 3, 11:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया