सत्ता गठबन्धन भत्किने चर्चा चलेका बेला मन्त्रीको भ्रमण रद्द

काठमाडौं । सत्ता गठबन्धन भत्किने चर्चा चलिरहेका बेला परराष्ट्रमन्त्री एनपी साउदले विदेश भ्रमण रद्द गरेका छन् ।

मन्त्री साउदले फिनल्याण्ड भ्रमण रद्द गरेका हुन् । उनले विशेष परिस्थिति भनेर विदेश भ्रमण रद्द गरेको जनाएका छन् ।

मन्त्री साउद सेकेन्ड यूएन एलडीसी फ्युचर फोरममा सहभागी हुन फिनल्यान्ड जाने कार्यक्रम थियो ।

परराष्ट्र मन्त्रालयले आइतबार दिउँसो विज्ञप्ति जारी गरेर मन्त्री साउदको भ्रमण रद्द गरेको उल्लेख छ । मंगलबार र बुधबार फिनल्यान्डको राजधानी हेल्सिन्कीमा हुन लागेको छ ।

Published : Sunday, 2024 March 3, 11:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया