सभापति देउवाद्वारा कांग्रेसका मन्त्रीहरुसँग परामर्श, लेखक र सिटौला पनि सहभागी

काठमाडौं । सत्ता गठबन्धन ढल्ने हल्ला चलिरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रीहरुसँग छलफल गरेका छन् ।

आइतबार बुढानीलकण्ठस्थित निवासमा सभापति देउवाले कांग्रेसका मन्त्रीहरुसँग परामर्श गरेका हुन् । सत्ता गठबन्धनभित्रको खटपट, आगामी बजेट, मन्त्रीहरुको काम कारबाही लगायतका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

सभापति देउवाले मन्त्रीहरुसँग छलफल गर्ने क्रममा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक र राष्ट्रियसभा सदस्य कृष्ण सिटौलाको पनि उपस्थिति रहेको थियो ।

Published : Sunday, 2024 March 3, 10:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया