नेपालसँग सिमाना जोडिएको प्रदेशबाट नरेन्द्र मोदी उम्मेदवार बन्ने

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी उत्तरप्रदेशको वाराणसीबाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

भारतीय जनता पार्टी (बिजेपी)ले मोदीलाई वाराणसीबाट चुनावमा उठाउन लागेको जनाएको छ । बिजेपीले शनिबार १९५ सिटका उम्मेदवार सार्वजनिक गरेको छ ।

५४३ सदस्यीय लोक सभा सदस्य चयनक लागि भारतमा यो वर्ष चुनाव हुँदै छ । उत्तरप्रदेश नेपालसँग सिमाना जोडिएको प्रदेश पर्छ । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ छन् । योगी आदित्यनाथले मोदीको चुनाव आफै खटिएर कमाण्ड सम्हाल्नेछन् ।

मोदीले यसअघि सन् २०१४ र २०१९ को लोक सभा चुनाव पनि वाराणसीबाट निर्वाचित भएका थिए ।

सन् २०१४ मा पहिलो पल्ट लोक सभा चुनावमा मोदीले आम आदमी पार्टीका अध्यक्ष अरविन्द केजरीवाललाई हराएका थिए ।

सन् २०१४ मा ५६.३६ प्रतिशत मत पाएका मोदीले सन् २०१९ मा ६३.६२ प्रतिशत मत पाएका थिए ।

सन् २०१९ मा कांग्रेस आई र समाजवादी पार्टी पनि मोदीसँग चुनाव लडेका थिए । यस पटक समाजवादी पार्टीले वाराणसी निर्वाचन क्षेत्रमा कांग्रेस आईका उम्मेदवारलाई समर्थन गर्ने सहमति गरेको छ ।

Published : Sunday, 2024 March 3, 5:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया