शालिन पोखरेलको मृत्युबारे संसदीय समितिद्वारा दोषीलाई कारबाहीको दायरमा ल्याउने निर्देशन

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा शालिन पोखरेलको मृत्यु प्रकरणबारे छानविन गर्न निर्देशन दिएको छ ।

आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले चितवनको रत्ननगरस्थित एकता शिशु निकेतन माध्यमिक विद्यालयमा पोखरेलले झुण्डिएर ज्यान दिएको घटनाको विषयमा गम्भीर ढङ्गले छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो ।

समितिले घटनाको अझ प्रभावकारी रुपमा शीघ्र छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

शालिन पोखरेल मृत्युबारे सरकारले गृहमन्त्रालयमार्फत छानबिन गरिरहेको जानकारी आएको भन्दै समितिले अझै गम्भीर रुपमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

फागुन १२ गते रत्ननगरस्थित एकता शिशु निकेतन माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा शालिन पोखरेल विद्यालयको छात्राबासमा शव फेला परेको थियो ।

समितिले विद्यालय तथा छात्राबासलाई बालमैत्री, भयमुक्त र गुणस्तरयुक्त बनाउन, विद्यालय र छात्राबासको निगरानी, नियमन र अनुगमन गर्न, भइरहेका अवस्थाबारे मन्त्रालयले अद्यावधिक गर्न निर्देशन दिएको छ ।

Published : Sunday, 2024 March 3, 5:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया