लुम्बिनीकाे बाहिरी क्षेत्रकाे सुरक्षा सशस्त्र प्रहरीलाई दिन उपाध्यक्ष डा.लामाकाे माग

लुम्बिनी । लुम्बिनि विकास काेषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पाे छिमे)सहितकाे टाेली र गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच भेटघाट तथा छलफल भएकाे छ ।

उपाध डा.लामाले लुम्बिनीकाे सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरि गुरूयाेजना क्षेत्र बाहिरकाे सुरक्षा शसस्त्र प्रहरी मार्फत हेर्ने व्यवस्था गर्न गृहमन्त्रीसँग आग्रह गरेका छन् । यसअघि काेषकाे बैठकले सशस्त्र प्रहरीकाे स्थायी बेस क्याम्पका लागि निर्णय गरि गृहमन्त्रालयमा फाईल पठाएकाे डा.लामाले बताउँदै माग पूरा गरिदिन गृहमन्त्रीसँग ध्यानआकर्षण गराएका छन् । गृहमन्त्री श्रेष्ठले सशस्त्र प्रहरीको स्थायी बेस क्याम्पका लागि पहल गर्ने प्रतिबद्वता जनाएका छन् ।

लुम्बिनी गुरूयाेजनाकाे ११ सय ५५ विगाहा क्षेत्रफलमा फैलिएकाे छ । काेषकाे कामका सन्दर्भमा सम्बन्धित मन्त्रालयमा पहल गर्ने उनले बताए ।

उपाध्यक्ष डा.लामाले गुरुयोजना कार्यान्वयन, बृहत्तर लुम्बिनी क्षेत्रकाे विकासका सन्दर्भमा संघीय सरकारबाट सहयाेगकाे अपेक्षा राखेकाे बताएका छन् ।

भेटघाट तथम छलफलमा काेषाध्यक्ष सिद्विचरण भट्टराईले आन्तरीक आम्दानीबाट खर्च गरिदै आएकाे बताउँदै बजेटमा प्राथमिकतम दिन आग्रह गरेका छन् ।

काेषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनी विकास क्षेत्र संवेदनशील भएकाले लुम्बिनीको सुरक्षा संयन्त्रलाई बलियाे बनाउनुपर्ने बताए । उनले लुम्बिनी बाहिरकाे सुरक्षा सशस्त्र प्रहरीले गर्नुपर्ने तर, अस्थायी भएकाले यसलाई स्थायी बेशकयाम्प बनाउन अनुराेध गरेका छन् ।

छलफलमा काेषका याेजना प्रमुख स्मिता भट्ट, बाेर्ड सदस्य श्याम राेक्का, विश्वराज पाैडेल, बरिष्ठ ईञ्जिनियर सराेज भट्टराई, लेखा अधिकृत भीम बस्नेत लगायतकाे उपस्थिति थियाे ।

Published : Sunday, 2024 March 3, 2:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया