काठमाडौंमा दाङका मल्लको कोठाबाट चोरी
काठमाडौं । काठमाडौं महानगरपालिका-१४ रविभवन डेरा गरी बस्ने ३८ वर्षीय निरज मल्लको कोठाबाट चोरी भएको छ ।
दाङको तुलसीपुर उप-महानगरपालिका-१४ घर भएका मल्लको कोठाबाट ल्यापटप १ थान र डेढ तोला बराबरको सुनको सिक्री शनिबार साँझ चोरी भएको प्रहरीले जनाएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
Published : Sunday, 2024 March 3, 12:51 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया