पोखरा र झापामा दुई जना मृत अवस्थामा फेला

पोखरा । कास्की जिल्लामा ३८ वर्षीय हरिकुमार परियार वनमा मृत अवस्थामा फेला परेका छन् ।

पोखरा महानगरपालिका-१६ हरिपाउ देउराली डाँडा बस्ने परियार सोही ठाउँस्थित वनपाले सामुदायिक वनमा शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

फागुन ११ गतेदेखि हराई रहेका उनको खोजी गर्ने क्रममा शव फेला परेको छ । मृत्युको कारणबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

उता, झापाको बिर्तामोड नगरपालिका-९ सम्झना चोक बस्ने ६४ वर्षीया नरमाया तामाङ आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

Published : Sunday, 2024 March 3, 12:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया