सरकार ढाल्न ‘कालो’ कोठाहरुभित्र चीन समर्थकहरुको गतिविधि

काठमाडौं । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धनलाई नरुचाएको समूहले सरकार ढाल्न विभिन्न षड्यन्त्रहरु ग्रिरहेको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका बन्द कोठाहरुमा दोस्रो तहका नेताहरुको दैनिक सरह बाक्लै बैठकहरु भइरहेका छन् । एमाले र माओवादीका दोस्रो तहका नेताहरुले गठबन्धनको सरकार ढाल्न सम्वाद गरेको स्रोतको भनाइ छ । कांग्रेससहितका दलहरुको प्रजातान्त्रिक सरकार ढालेर कम्युनिस्ट सरकार बनाउन प्रयास भएको भनेर चर्चाहरु भइरहेका छन् ।

माओवादीका नेता वर्षमान पुन, नारायणकाजी श्रेष्ठ तथा एमालेका नेताहरु शंकर पोखरेल, विष्णु पौडेल, विष्णु रिमाल, राजन भट्टराई लगायतका नेताहरुले नियमित वार्ताहरु गर्दै आएको बुझिएको छ ।

गोप्य वार्ता र सम्वाद गर्दै आएका नेताहरु चीन निकट मानिन्छन् । उनीहरुले चीनको दवावमा सत्ता गठबन्धनलाई भत्काएर एमाले र माओवादीको सरकार बनाउन दवाव दिएको उच्च स्रोतको आरोप छ ।

माओवादी र कांग्रेसका बीच दरार ल्याउन विभिन्न षड्यन्त्रहरु भइरहेका छन् । कांग्रेसकै महामन्त्री गगनकुमार थापा पनि गठबन्धन भत्काउन लागेको आरोप छ । थापाले महासमिति बैठकमा गठबन्धन विरोधी हर्कत र गतिविधि गरेपछि चीन निकटको समूहलाई कम्युनिस्टहरुको सरकार बनाउन सहज बनाइदिएको चर्चा छ ।

कांग्रेसले माओवादीलाई विश्वास दिलाएर सत्ता गठबन्धन बचाउने प्रयास गरिरहेको छ । माओवादीको बलियो समूह पनि सत्ता गठबन्ध बचाउन चाहेको छ । तर, चीन समर्थकहरुको दवावले गर्दा सरकार ढल्ने हो कि भनेर चिन्ता बढाइदिएको छ ।

एमालेका अध्यक्ष केपी ओली र माओवादीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालबीच चीन निकटका दोस्रो तहका नेताहरुले पुलको काम गरेको चर्चा छ ।

कांग्रेसले महासमितिको बैठकबाट पारित गरेका प्रतिवेदनहरुलाई चीन समर्थक एमाले र माओवादीका नेताहरुले गलत रुपमा ब्याख्या गरेर मिडियाबाजी गराइरहेका छन् । ती प्रायोजित समाचारहरु पनि प्रकाशित भइरहेका छन् ।

गृहमन्त्री पद फुत्किने भएपछि श्रेष्ठले एमालेका अध्यक्ष ओलीसँग नियमित वार्ता र भेट गरिरहेको आरोप छ । श्रेष्ठले एमालेका नेताहरुसँग नियमिति वार्ता पनि गरिरहेका छन् । माओवादीका नेता पुन पनि निकै सक्रियताका साथ सरकार ढाल्ने गतिविधिमा लागेको आरोप माओवादीकै नेताहरुले लगाएका छन् ।

गठबन्धनको सरकार विरोधी हर्कत र गतिविधि बढेपछि त्यसलाई चिर्ने प्रयास पनि कांग्रेस र माओवादीका नेताहरुले प्रयास गरेका छन् । एमालेले केही मन्त्रीहरुलाई हटाउन उत्पात गरिरहेको छ । त्यो विषयमा एमालेले निकै जोडबल गरिरहेको छ ।

Published : Thursday, 2024 February 29, 11:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया