सर्लाहीमा धनबहादुर १४ लाखसहित पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सर्लाहीले ४६ वर्षीय धनबहादुर पाख्रिनलाई १४ लाख १० हजारसहित पक्राउ गरेको छ ।

बिहीबार दिउँसो करीव १ बजे लालबन्दी नगरपालिका वडा नं. १४ स्थित लखन्देही खोलामा स्रोत नखुलेको १४ लाख १० हजार रुपियाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख (एसपी) दयानिधि ज्ञवालीले बताए ।

प्रहरी चौकी पथ्थरकोटबाट खटिएको गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा प्र.२–०३–०११ प ८३५७ नम्बरको २२० सि.सि. को पल्सर मोटरसाईकलमा शंका लागेर चेकजाँच गरिएको विज्ञप्तिमा उल्लेख छ ।
मोटरसाइकल चालक सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १४ बस्ने पाख्रिनलाई रकमसहित पक्राउ गरिएको एसपी ज्ञवालीले बताए ।स

पाख्रिनले कालो झोलामा स्रोत नखुलेको नगद चौध लाख दश हजार रुपियाँ बोकेका थिए । बरामद भएको रकम, मानिस र मोटरसाइकलसहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय लालबन्दी सर्लाहीमा ल्याई आवश्यक अनुसन्धान कार्य भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

एसपी ज्ञवालीले सर्लाही प्रहरीको कमाण्ड सम्हाल्नेवित्तिकै प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित मानिस पक्राउ परेको छ ।

Published : Thursday, 2024 February 29, 10:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया